काठमाडौँ,जेठ २१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले फिल्म क्षेत्रमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भएको छ ।
काठमाण्डौमा भइरहेको नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा बोल्दै मन्त्री आलेले आफू रंगक्षेत्रसँग हातेमालो गर्न तत्पर रहेको बताउनु भयो ।
चलचित्र हलहरुमा भएका बिजुलीको समस्यालाई समाधान गर्न समेत उर्जा मन्त्रालयसँग सहजीकरण गरि दिने समेत बनाउनु भयो ।
कार्यक्रममा वरिष्ठ फिल्मकर्मी नीर शाह, सरोज खनाल, सन्तोष पन्त, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र संघको निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, कलाकार दीपकराज गिरी, निर्देशक सम्झना उप्रेती रौनियार, निर्देशक प्रचण्ड मान श्रेष्ठ, अशोक शर्मा लगायतको उपस्थिति रहेको थियो ।
नेपाली फिल्मकर्मीले एअरपोर्टमा भिआइपी सुविधा नपाएको तर्फ ध्यान गएको बताउँदै आफूले त्यसलाई समेत समाधान गर्ने बताउनु भयो । साधारण सभाले नेपाल चलचित्र सङ्घमा नयाँ नेतृत्व समेत प्रदान गर्ने बताईएको छ ।