सरकारले घोषणा गरेको २०७९ वैशाख ३० मा हुने स्थानिय चुनावको घोषणाले राजनैतिक सरगर्मि ह्वात्तै वढेको छ। समानुपातिक, समावेशिता र युवा सहभागिताको कुरा गरेर नथाक्ने राजनैतिक दलहरुको आवाज विस्तारै सुस्ताउन थालेको छ। निर्वाचनमा उम्मेदवार हुने/वनाउने सन्दर्भमा जति नाम चर्चामा आएको देखिन्छ त्यस्को ठिक उल्टो निरन्तरता, ईतिहास र अनुभव लाई देखाएर फेरी एकपटक युवा पुस्तालाई वाईपास गर्नसक्ने विषयलाई कडा निगरानी राखौं। संघर्ष, वलिदान र आन्दोलनमा नायक सावित हुने युवाहरु राजकिय व्यवस्थापनमा अयोग्य देखाउने परम्पागत प्रवृति विरुध्द एकतावध्द र सुझवुझपुर्ण हस्तक्षेप जरुरी छ। यो कुनै एक अमुक पार्टीको मात्र नभै सवै पार्टीको साझा समस्याको रुपमा रहेको छ। विभिन्न तथ्यहरुको गहिराईवाट आजको व्यवस्था,यहाँ भित्र हाम्रो स्थान र हामी प्रतिको सामाजिक मनोविज्ञानलाई वस्तुनिष्ठ समिक्षा गरी प्रष्ट योजना देखाएर संघर्षमा जस्तै यो आसन्न निर्वाचनमा पनी अगुवाई गर्नुपर्ने आवश्यकता छ।
झण्डै २ दशक टुट-फुट वाट ग्रस्त कम्युनिष्ट घटकहरु सारमा प्रभावकारी भुमिका रहे पनी २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भुमिकामा देखिने स्थिती वनेन।स्वभावैले आन्दोलन र संघर्ष लाई युवा संग छुटाएर हेर्न सकिदैन,युवा:क्रान्ति,परिवर्तन र अग्रगमनको शसक्त हतियार हो।अरुमा भन्दा २ गुणा वढी उर्जा,जोश र लगनशिलता पाउन सकिन्छ।यसकै वलमा उक्त परिवर्तन भएता पनी युवाहरुको निम्ति परिभाषित संगठन थिएन।अत:२०४७ जेठ १ गते,तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ नेपालको नाममा एमाले संग सामिप्यता राख्ने संगठनको रुपमा स्थापना भयो।युवाजन्य,स्वरोजगार,जनजिविका र राष्ट्रियता को सम्वन्धमा निरन्तर आवाज उठाउने यस संगठनले छोटो समयमा राजनैतिक,सामाजिक र संगठनात्मक हिसावले धेरै आशाहरु सहित विकास गरेको थियो।अन्याय,भेदभाव,हिंसा र अनियमितता विरुध्द सम्झौताहिन आन्दोलनमा होमिएको यो संगठन जनताको असली पहरेदारको रुपमा आफ्नो पहिचान निर्माण गरेको थियो।
विपक्षिका गलत कदमको विरोध मात्र हैन स्वयम् पार्टिभित्र पनी त्यस्ता प्रवृतिको भण्डाफोर गर्दै न्याय र सत्य स्थापित गर्ने यो संगठनको राजनैतिक उचाई साच्चिकै लोभलाग्दो वनेको थियो।
यस विचमा विभिन्न खाले अतिवाद संग लडदै-लडदै आउदा कहिकतै पराजित हुन परेन।सहि विचार र दृष्टिकोणमा दर्हो ढंगले उभिएको यो हाम्रो संगठनले समग्र देशलाई निकासको वाटो देखाउन सक्ने अव्वल राजनैतिक चेत सहित उपस्थित छ भन्ने धेरै पटक प्रमाणित गरेको छ।जुन दिन लरखराई रहेको हाम्रै पार्टि भन्दा माथि उठेर राजतन्त्र को विकल्प गणतन्त्रको उदघोष गरियो यो संगठनको ओज असाधारण वनेको थियो।विस्तारै सिंगो देश गणतन्त्रको नारा सहित ०६२-६३ को ऐतिहासिक जनआन्दोलनमा होमियो र सदाका लागी २०५ वर्षिय राजतन्त्रको समुल अन्त्य गरी जनताको छोराछोरी जनमतवाट यो देशको शासन सत्ता संचालन गर्नसक्ने ठाउमा पुग्ने स्थिती वन्यो,यो अभुतपुर्व उपलव्धी प्राप्तिको दिन थियो।
धेरै विषयमा यो महत्वपुर्ण त छदैथियो अझै प्रष्ट ढंगले युवाहरुको भुमिकालाई यस्ले थप गौरवपुर्ण व्याख्या गरेको थियो। महगी,वैदेशिक हस्तक्षेप,घरेलु प्रतिक्रियावाद,अनियमितता,भ्रष्ट्राचार ,अराजकता र कुशासनको विरुध्द वेग्लै पहिचानका साथ उभिएर सहि वाटो देखाउने यस संगठनले ठुल्ठुला अकर्मण्यता लाई समेत दिशानिर्देश गरेको कैयन गौरवपुर्ण तथ्यहरु ईतिहासका सुनौला पानाहरुमा भेटिन्छन।राजनैतिक,सामाजिक र राष्ट्रियताका सवालमा छुट्टै पहिचानका साथ उभिएको यस संगठनले पार्टि भित्र तथा समाजमा ठुलो अपेक्षाका साथ हेर्ने विश्वास आर्जन गरेको थियो। यति भन्न सकिन्थ्यो,न्याय र समानताको पर्याय तथा युवा आन्दोलनको मुल प्रवाहको रुपमा संगठनले देश र जनतामा आशापुर्ण राजनैतिक स्पेश निर्माण गरिसकेको थियो।
स्वभावैले हामिले सामिप्यता राख्ने पार्टि भित्रपनी यो संगठनलाई वेग्लै महत्वका साथ हेर्ने अवस्था वन्नुका साथै भुमिकामा पनी विशेष प्राथामिकता दिने गरेका तथ्यहरु देख्न सकिन्छ।यस्को ज्वलन्त उदाहरणको रुपमा पार्टि नेत्वृत्व गर्ने तत्कालिन सवै नेताहरु सवै युवा नै थिए । २०४८,२०५१ र २०५६ को निर्वाचनहरुमा अधिकांश प्रतिनिधीहरु युवानै रहनु कुनै संयोग थिएन र देखाउन र भन्नका लागी मात्र पनी थिएन यो त संगठनले लोकतन्त्र र जनजिविकाको पक्षमा उठाएका अविराम आन्दोलनको योगफल थियो ।
भन्दा भातृ संगठन भनिए पनी भुमिकामा सहायक राजनैतिक हैसियत निर्माण भैसकेको थियो।आज पार्टिको सवै निकायमा तिनै पुस्ता छरपष्ट भेट्न सकिन्छ जुन त्यही संगठनको उपलव्धीहरु हुन।
तर आज कहिँकतै यो संगठनले आफ्नो गति,गन्तव्य र शक्तिलाई विर्सन खोज्दै त छैन? कतै हिजो पुर्व मण्डलेका भजन गाउने अराजनैतिक चाकरहरुको स्वार्थ समुहको रुपमा समाजमा आफ्नो उपस्थिति कमजोर वनाउदै त छैन? मुद्दा विहिन भुत्तेहरुको अराजक भिड तयार हुदै त छैन? हिजो को त्यो विश्वास किन गर्ल्याम-गुर्लुम्म ढल्दैछ ? ईमान,जुझारुपन,लगनशिलता,अग्रगमन,परिवर्तन,सत्य र न्याय शव्द संग किन हाम्रो सम्वन्ध टाडिदै गैरहेको छ ?
यि तमाम प्रश्नहरुको उत्तर हामीले खोज्नुपर्नेछ।विविध राजनैतिक उतार-चढावका विचमा हाम्रो भुमिकाहरुपनी फेरवदल भै नै रहे तर आज यो समय,राजनैतिक धरातल,जनताको जिवन संग जोडिएका सवालमा हामी एकाकार छौ त? पक्कै यो भन्दा धेरै भिन्न ढंगले हाम्रो जिम्मेवारी लाई कुशलतापुर्वक वहन गर्दै नयाँ संभावना खोज्नुपर्ने छ।
यो विचको १ दशक जसरी मुलुकको राजनिती अगाडी वढ्यो यसवाट कुनैपनी संगठनहरु अछुतो रहन सकेनन्।हामी निहित स्वार्थको गोटी वन्यौ,कहिले अपराधी वनाईयो,आन्दोलन देखी परिवर्तन सम्मका मात्र कठपुतली वनाईए।हेर्दा लाग्छ,हाम्रो स्वाभिमान,उर्जा र विवेक कसैको सामु गिरवी छ, हामी आफ्नो निर्णय गर्नै सक्दैनौ।यस्ले समाजमा ठुलो निराशा पैदा गराएको छ।समाजले कित गुण्डा कित भष्ट्र देख्छ,अत समाजको त्यो तिरस्कारवाट १ जना युवा आफ्नो लय गुमाउन थाल्दछ की उ आफैमा के हो र के गर्न सक्दछ।यसरी यो देशको महत्वपुर्ण पुस्ता राजनैतिक वितृष्णा र कुण्ठाले समाजमा अराजकता र दण्डहिनताको पक्षधर वन्न पुगेको छ,यो मुलुको लागी ठुलो दुर्भाग्य हो।यस्मा को जिम्मेवार छन वहस गर्दै गरौला।
हामीले वनाएको त्यो स्वर्णिम हिजोको ईतिहासको जगमा टेकेर आजको युवाजन्य तमाम वेथितीका सामु गंभिर आत्मसमिक्षा सहित सच्चिदै यो युगको युवाले देख्ने र सोच्ने सभ्य र गतिशिल समाज निर्माण को प्रष्ट खाका कोर्नु पर्नेछ।
जहा सवै युवा सभ्य हुनेछन,कर्ममा विश्वास गर्नेछन,स्वाभिमानमा चट्टान जस्तै मजवुत रहनेछन,परिवर्तन र क्रान्तिमा ईमान वेच्ने छैनन।न्याय र सत्यमाथी कहिल्यै सम्झौता गर्नेछैनन।देश र जनता लाई सर्वोपरी मान्दै लोकतन्त्रको अशली पहरेदार वन्नेछन।स्वरोजगार वन्दै कमाईको निश्चित रकम राज्यलाई कर तिर्दै त्यस्को सहि सदुपयोगमा निरन्तर खवरदारी गर्नेछन।तर,
हिजोको त्यो ईतिहास छ,भैरहेको त्यो छ र गर्नुपर्ने यी छन। जे आजको आवश्यकता हो त्यो हामीले यस्तै अवस्थाको हाम्रो संगठनवाट पुरा गर्न सक्छौ? निशन्देह र ईमानका साथ भन्नुपर्छ,सक्दैनौ।
अव युवा र आन्दोलनलाई नयाँ ढंगले संगठित र प्रशिक्षीत गर्न सक्नैपर्दछ।हामी संग अर्को विकल्प छैन।ठुलो चुनौति छ,आजका मुध्दा चाङबध्द छन तर हाम्रो वर्तमान प्राथामिकता सत्ता,शक्ति र श्रोतमाथी छ, यस्ले विवेक शुन्य वनाउदै हाम्रो भरपुर उपयोग गर्न खोज्दैछ तसर्थ हामी कम्युनिष्ट हरुले देख्ने सपना र तय गरेको गन्तव्यमा पुग्नको लागी नयाँ दृष्टिकोण ,नयाँ सोच र यसलाइ वोकेर पार लगाउन सक्ने वैचारिक-राजनैतिक संगठनको निर्विकल्प आवश्यकता वोधका गरेको छ । यहाँ केही वर्तमान घटनाहरुको वस्तुनिष्ठ समिक्षा गरी भविश्यका हाम्रा जिम्मेवारीलाई सुत्रवध्द गर्नुपर्ने छ। हामिले गरेको विद्रोहले वास्तवमा सवै पार्टी भित्र युवाहरुको उपस्थिती उल्लेख्य वन्न पुगेको छ। संघर्षको पेचिलो समयमा अग्रभागमा हुने र अवसर र श्रोत-साधनको पहुचमा पर र पिँधमा वसेर हेर्नुपर्ने उपयोगको नितिका विरुध्द आफ्नै पार्टी भित्रपनी लड्ने दव्न्दवादी चेतको सृजना गर्दै आसन्न स्थानीय निर्वाचनको सँघारमा हुनगैरहेको यस भेलालाई फरक ढंगले पनी व्याख्या गर्न आवश्यक छकी तसर्थ यहि चैत्र १४ र १५ गते आयोजित युवासंघको केन्द्रिय वैठक यसकारण अर्थपुर्ण छ।
अव युवा आन्दोलनलाई पुरानो साख फर्काउने र नयाँ सुनौलो भविष्य देखाउने गरी केही प्रस्तावहरु सहित हामी पुन:संगठित हुदै रुपान्तरण गर्नेछौ। हाम्रो लक्ष्य, दृष्टिकोण, उद्देश्य र सपना वोक्नसक्ने मुलत:संगठन हुनेछ। देशभर सवै क्षेत्रमा अभियान लिएर जानेछौ।आजको समाजले हामी माथी धेरै भ्रमपुर्ण प्रश्नहरु गरेको छ त्यस्लाई देख्ने,वुझ्ने र सुन्नेगरी जवाफ दिनेछौ।
अव युवासंघ नेपालले आफ्नो भुमिका खोज्ने छ, वढाउने छ र युवाहरुको समस्यालाई चिरफार गर्दै जवाफदेही, नैतिकवान, स्वाभिमानी, राष्ट्रभक्त र प्रगतिशील राजनैतिक संगठनको रुपमा आफुलाइ उभ्याउने छौँ र प्रमाणित गरि देखाउनेछौँ यात्रा समृध्दीको लक्ष्य समाजवादको'' भारीलाइ वोक्ने भरिया हामीनैहो । केन्द्रदेखी वडातहसम्म युवासंघले नया जिवन पाउनेछ,विकृती,विसंगती,भ्रष्ट्राचार , अनियमितता हाम्रा प्रधान शत्रु हुनेछन, न्याय, समानता, समृध्दी र लोकतन्त्र हाम्रो मुल ध्येय हुनेछ। संगठनको आन्तरिक जिवन पारदर्शि र जवाफदेही वनाईदै लगिनेछ।
प्रयाप्त भेला-प्रशिक्षण गर्दै रहरलाग्दो र भरलाग्दो संगठन वनाउदै लाखौ युवाहरुलाई गोलवध्द गर्नेछौं। हाम्रो नारा लोकतन्त्र, जनजिविका, न्याय र सत्यको पक्षमा हुनेछ। यो सवै कार्यभार संविधान, व्यवस्था र जनमतको रक्षार्थ विद्रोह पुर्ण साहसवाट कम्युनिष्टहरुको पुन:गठित गरिएको नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) वाट मात्र संभव छ र हामी त्यही २००६ सालमा क.पुष्पलालले अगाडी सारेका मान्यताहरुमा दृढ छौ। यो सवै प्रकरणमा हाम्रो संगठन सच्चा सिपाहीको रुपमा अग्रभागमा खडा छ। प्रतिकृयावादीहरुले पहिला यस्को सामना गर्नुपर्नेछ। यसपटक हामी यतिमै चुप भने वस्दैनौं। पार्टी,आन्दोलन र जनतासंग हिसाव माग्नेछौं। त्यो उपयुक्त समय आएको छ। कम्तिमा ४०% युवाहरु निर्वाचित गराउन माग-प्रस्ताव वोकेर पार्टीमा दवाव दिनेछौं र हाम्रो आखाँ वाट देखेको नेपाल र नेपालीको जिवन रुपान्तरणको महाअभियानको अग्रभागमा उभिदै यो पटक ट्रयाल दिनेछौ र देखाउने छौ की युवाहरु साच्चिकै भविश्यको कर्णधार मात्र हैन सुनौलो र स्वर्णिम वर्तमानको ज्वजल्यमान नक्षत्र हुन। जनता, व्यवस्था, संविधान र रुपान्तरण यही पुस्तावाटमात्र संभव छ।
ठुलो संघर्ष र वलिदानीवाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको उपलव्धी लाई आधार वनाएर राष्ट्रिय पुँजीको विकास गर्न उत्पादनमा सारा युवा शक्तिलाई लगाउदै वेरोजगारीको समस्यालाईपनी हलगर्न प्रयत्न गरी उत्पादनमा आत्मनिर्भर हुनसक्दा दुनियाँको सामु हाम्रो छुट्टै स्थान वन्नेछ।
सारमा परिकल्पना गरेका यिनै युगिन विषयहरुमाथी धावा वोल्न खोज्दा हामी र हाम्रो पार्टीले चौतर्फी प्रतिरोध गर्यौ। त्यसकारण समाजवादको पक्ष-विपक्षीमा चलेको वर्तमानको शैध्दान्तिक-वैचारिक लडाईमा हामिले जित्न जरुरी छ यानिकी युवाले। यही शंखघोषका साथ सारा जनतालाई नयाँ आशाको संचार गराउदै सम्पुर्ण शक्तिलाई आसन्न निर्वाचनमा होम्ने मात्र हैन चुनिने वातावरणको हस्तक्षेपकारी भुमिकाको अगुवाई गर्दै देशभक्त,स्वाभिमानी र रुपान्तरणको पक्षधर सवै समुदायलाई लामवध्द गराउने महाअभियानमा...आउनुहोस हातेमालो गरौं।
लेखक:युवासंघ नेपालका उपाध्यक्ष हुन।