सुर्खेत। नेकपा (एकीकृत समाजवादी), कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको तीव्र तयारी भइरहेको छ।
कार्यवाहक अध्यक्ष ठगेन्द्रप्रसाद पुरीका अनुसार हालसम्म ८ वटा जिल्ला २० वटा प्रदेशतर्फबाट प्रतिनिधि चयन कार्यसम्पन्न भइसकेको छ।
पुरीले भन्नुभयो, यहि कात्तिक २६ र २७ गते वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशनमा सहभागी हुनुहुने प्रतिनिधिहरूको निर्वाचन कार्य आठ जिल्लाको विस वटा प्रादेशिक निर्वाचन क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ।
जसअनुसार सुर्खेत -१७, दैलेख -३० , कालिकोट -४१ , मुगु -४१ , डोल्पा -२८ , जाजरकोट -२९ , रूकुम पश्चिम -१८ , सल्यान- ४९ गरी जम्मा २५३ जना प्रतिनिधिहरू निर्वाचित हुनुभएको छ। यही १३ गते जुम्लामा २० र २१ गते हुम्लामा प्रतिनिधिहरूको छनौटका लागि निर्वाचन कार्य हुनेछ। जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी जम्मा ५१ जना प्रतिनिधिहरू निर्वाचित हुनु हुनेछ।
त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेश स्तरीय कमिटी भएका जनसंगठनहरुबाट हरेक जनसंगठनलाई निर्धारण गरे बमोजिमको संख्याअनुसार जम्मा १८ जना प्रतिनिधिहरू निर्वाचित हुनुहुनेछ। जम्मा महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरि जम्मा ५०२ जनाले अधिवेशनमा सहभागी हुनेछन्।