काभ्रेपलान्चोक। बागमती प्रदेशका निवर्तमान श्रम राेजगार तथा यातायात मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पाेलिटब्युराे सदस्य लक्ष्मण लम्साल काभ्रेका बाढी पीडितहरु समक्ष पुग्नु भएको छ।
गत ११र १२ गतेकाे अविरल वर्षाले भएको धन -जनकाे क्षति बारे जानकारी लिन र मृतक तथा पीडितका आफन्तसँग भेटघाट गर्न सांसद लम्साल आफ्नो निर्वाचन क्षेत्र पुग्नु भएको हो।
बागमती प्रदेशकाका सांसद समेत रहनु भएका लम्सालले भुम्लु गाँउपालिका र मण्डन देउपुर नगरपालिकाका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घरमै पुगेर परिवार जन प्रती समवेदना प्रकट गर्नुभएको छ। उहाँले बाढीले क्षति पुर्याएकाे स्थानकाे स्थलगत निरिक्षण गर्नुका साथै मृतक परिवारलाई राहत सहयोग प्रदान गर्नु भएको नेकपा एस काभ्रेका जिल्ला कमिटी सदस्य राम लामाले कलम न्युजलाई जानकारी गराउनु भयो ।
लामाका अनुसार मण्डन देउपुर नगरपालिकामा बाढीले पानीकाे पाइप क्षतविक्षत बनाएको छ। बाटाे,पुल -पुलेसा भत्किएका छन्। तिनकाे यथाशीघ्र मर्मत सम्भार गरि सवारी आवतजावत सहज गर्न नगरपालिकाले पहल गरिरहेकाे छ। नागरिकले खाने पानीको अभाब भाेग्नु परेकाे छ , अबकाे केही दिनमा खानेपानीको पाइप लिएर सांसद लम्साल सहित नेता लामाहरुकाे टिम क्षतिग्रस्त स्थानमा पुग्ने बताइएको छ।
असाेज ११र १२ काे अविरल वर्षाले काभ्रेका विभिन्न भागमा अकल्पनीय भौतिक क्षति पुर्याएकाे छ, भने ७५ जनाकाे मृत्यु भइसकेकाे सरकारी तथ्यांक सार्वजनिक भएको छ। हालसम्म पनि काभ्रेका भुम्लु, राेशि ,बेथानचाेक ,तिमाल ,चौरी गाँउपालिकामा सवारीसाधन , संचार, विद्दुत र खानेपानी सेवा सुचारु हुन सकेको छैन ।