पॉचथर,जेठ २०
पाँचथर जिल्लाको फिदिम नगरपालिका ५ स्थित १६ औं बिभुती एबं महागुरु फाल्गुनन्दको कर्मस्थलका रुपमा स्थापित लब्रेकुटी क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल भएको छ ।
नव निर्वाचित जनप्रतिनिधिहरु फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उप मेयर राधाकृष्ण न्यौपाने नेतृत्वका जनप्रतिनिधिहरुले बिश्वबैंकका प्रतिनिधि र लब्रेकुटी क्षेत्रको विकास र संरक्षणमा जुट्दै आएका जनप्रतिनिधि र सरोेकारवालासँग छलफल गरेका हुन ।
छलफलका क्रममा मेयर काफ्लेले किरात समुदायको आश्थाको धरोहर लब्रेकुटी र सिलौती क्षेत्रको प्रचार प्रसार संगै स्रोतको पहिचान गरेर विश्वसामु किरा“च सास्कृतिक अध्ययन केन्द्रका रुपमा अगाडी बढाउन पहल थाल्ने बताँउनुभयो ।
स्रोत पहिचान गर्दै यस क्षेत्रको विकास र उन्नयनका लागि नगरपालिकाले हरदम प्रयत्न गर्ने भन्दै आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैंया बराबरको कार्यक्रम पेश गर्न पनि सरोकारवालाई उहाँको सुझाब थियो ।
कार्यक्रममा बिश्वबैंकका प्रतिनिधि अशोक नाथ श्रीले बिश्वबैंकका तर्फबाट यस क्षेत्रको विकासका लागि स्थानीय सरकार र समुदायको साझेदारीमा सञ्चालन भइरहेको नेपाल शहरी साषकीय तथा पुर्वाधार आयोजना कार्यन्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
लव्रेकुटी व्यवस्थापन तथा सरोकार समितिका तर्फवाट सुवाष तुम्वापोले लब्रेकुटी क्षेत्रका ऐतिहासिक वस्तुहरुको संरक्षण,अतिथि गृह र मेडिटेसन हल निर्माणसँगै खानेपानी,विद्युत,इन्टरनेट र सिसि क्यामेरा व्यवस्थापनका आदीका लागि सहयोग आवस्यकता रहेको भन्दै त्यहाँको धार्मिक र ऐतिहासिक महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका उप प्रमूख राधाकृष्ण न्यौपाने,वडा नम्वर ५ का अध्यक्ष भरत तुम्बापो सहित बिश्व बैंकको विभिन्न जिम्वेवारीमा रहेका अधिकारीहरु,नगरपालिकाका प्राविधिक र स्थानीयको उपस्थिति थियो ।