काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटी कार्यालय बैठकका निर्णय सार्वजनिक गरिएको छ।
शनिबार प्रदेश कमिटी अध्यक्ष तथा केन्द्रीय सचिव बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले तीन वटा निर्णय गरेको थियो। ती निर्णयहरु निम्न प्रकार छन्:
२०८१ साल आश्विन १२ गते शनिवारका दिन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटी कार्यालयको बैठक कमिटी अध्यक्ष तथा केन्द्रीय सचिव कमरेड वलदेव चौधरीको अध्यक्षतामा पार्टी प्रदेश कार्यालय ईटहरीमा सम्पन्न भयो। उक्त बैठकबाट पारित गरिएका महत्वपुर्ण निर्णय र सार्वजनिक महत्वका समसामयीक प्रस्तावहरु देहाय बमोजिम रहेको व्यहोरा अनुरोध गर्दछौँ।
१. गत चार दिन देखि भैरहेको अविरल वर्षाका कारण प्रदेश अन्तर्गतका नदी, खोला नालाहरुमा पानीको बहाव बढी जलस्तर अति उच्च बिन्दुमा पुगेको र उक्त बाढी पहिरो तथा डुबानबाट जनधनको नोक्सानी हुनाका साथै घर गोठ, बजार, बाटो, पुल लगायत रणनीतिक महत्वका भौतिक संरचना समेतको हानिनोक्सानि भै कतिपय स्थानमा आवागमन समेत ठप्प हुन पुगेको अत्यन्त दुःखद प्राकृतिक विपदाका घटनाप्रति यो बैठक दुःख र चिन्ता व्यक्त गर्दै घटनामा परि स्मृतिशेष हुनपुग्नुभएका सम्पुर्ण मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै विपदाका सम्पुर्ण घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
क) बाढी, पहिरो, डुबानका कारण ज्यान गुमाएका व्यक्तिका परिवारमा अबिलम्ब राहत रकम उपलब्ध गराउन, घाईतेहरुको सरकारी खर्चमा तुरुन्त औषधी उपचार गराउन, घरबास बिहिन भएका परिवारलाई तुरुन्त अल्पकालिन खाने बस्ने व्यवस्था गर्न र दिर्घकालिन समाधान खोज्न जोखिमयुक्त स्थानमा रहेका घरपरिवारलाई जोखिम रहित स्थानमा स्थानान्तरण गर्ने काममा लाग्न यो बैठक नेपाल सरकार, कोशी प्रदेश सरकार र सम्बन्धित सबैसंग जोडदार माग गर्दछ ।
ख) त्यसै गरि मुलुक भित्र मनाईने ठुला चाड पर्बहरु सन्निकट रहेका बखत प्राकृतिक विपदाद्वारा क्षतिग्रस्त हुनपुगेका रणनितिक महत्वका सडक तथा पुल लगायतका भौतिक संरचनाको मर्मत सम्भारगरि वा अन्य वैकल्पिक ब्यबस्था गरेर भए पनि तुरुन्त आवागमन सुचारु गर्न यो बैठक नेपाल सरकार लगायत सम्पुर्ण सरोकारवाला निकाय संग जोडदार माग गर्दछ।
२. दशै तिहार छैठ लगायत मुलुक भित्र मनाईने ठुला चाड पर्वको मुखैमा चिनि, तेल, चामल, पिठो, लत्ता(कपडा लगायत अन्य आवश्यक उपभोग्य सामग्रिमा हुने मुल्यवृद्धि, सामान अनुसार कालाबजारी, मिसावट लगायतका अपराधिक कृयाक्लापलाई निरन्तर अनुगमन, नियन्त्रण र नियमन गर्न र त्यसकार्यका अपराधिहरुलाई तुरुन्त पक्राउ गरि सख्त कार्वाहि गर्न यो बैठक जोडदार माग गर्दछ । साथै महानगर( उपमहानगर(नगरहरुका वडामा र गाउपालिका भित्र पायकपर्ने केन्द्रहरु तोकेर सुपथमूल्य पसल संचालन गर्न पनि नेपाल सरकार तथा कोशी प्रदेश सरक संग जोडदार माग गर्दछ।
३. बाढी पहिरो डुबान लगायतका हालसालैका प्राकृतिक विपदका घट्नामा परेका परिवारहरुको उद्दार, राहात पुनर्निर्माण लगायतका काममा तदारुक्ताकासाथ जुट्न आवश्यक्ता अनुसार स्वयंसेवी टीम निर्माण गरि लाग्न हाम्रो पार्टीका मातहत सबै कमिटी र कमरेडहरुलाई निर्देशित गरिन्छ।