काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले नेपालको शिक्षा क्षेत्र पूँजीवादले आक्रान्त बनाएको दाबी गर्नुभएको छ।
सोमबार अनेरास्ववियू कान्तिपुर सिटी कलेजको १२औँ सम्मेलनलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य पराजुलीले उक्त दाबी गर्नुभएको हो। सम्मेलनका प्रमुख अतिथिसमेत रहनुभएका पराजुलीले अगाडि भन्नुभयो,‘नेपालको शिक्षा क्षेत्र पूँजीवादबाट ग्रसित छ। नेपाली शिक्षालयहरू पूँजीवादले आक्रान्त भएका छन्।'
उहाँले अगाडि भन्नुभयो, ‘शिक्षा नाफा र घाटाको व्यापार भईरहेको छ। धनिको लागि एउटा र गरिबका लागि अर्को विभेदकारी शिक्षा प्रणालीका विरूद्व अबको संघर्ष गर्नु जरुरी छ।’
सम्मेलनले अध्यक्षमा गणेश कुमार गोइत, वरिष्ठ उपाध्यक्ष युवराज शाही, उपाध्यक्षमा लभ पण्डित, उपेन्द्र धरला, विवेक कुमार यादव, मनिषा यादव चयन हुनु भएको छ।
त्यस्तै सचिवमा रोहन माझी, सह-सचिवमा दिनेश लामा, श्रेय ठाकुर, शोयब खान, सासंज मान्नधर, निरज चौधरी, अनिल तामाङलाई चयन गरिएको छ। त्यस्तै कोषाध्यक्षमा मेनुका यादवसहित ३३ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको छ।