काठमाडौँ। नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ कार्यकारणी समितिको निर्वाचनमा एकीकृत समाजवादी निकट समाजवादी एन्जिनियर्स एसोसियसनले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेको छ।
यस अघि संगठनले उम्मेद्वारी घोषणा गरेको थियो। यहि भाद्र २८ गते शुक्रबार हुने निर्वाचनका निम्ति एकीकृत समाजवादीको भातृ संगठन समाजवादी एन्जिनियर्स एसोसियसनले पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनु भएका ई.नन्दलाल बन्जाडेको नेतृत्त्वमा निर्वाचनमा होमिएको हो।
एकीकृत समाजवादीको भातृ संगठन समाजवादी एन्जिनियर्स एसोसियसनले उपाध्यक्षमा ई कृष्णा जिसी,महासचिवमा ई.विरोध रिजाल, उपमहासचिवमा ई. ओम प्रकाश सापकोटा, कोषाध्यक्षमा ई.दीपक बिष्ट, सहकोषाध्यक्षमा ई.आशिष थपलिया रहेका छन्।
त्यसैगरी सदस्यमा ई.नारायण केसी, ई.नरेश पोख्रेल, ई.प्रविण गौतम, ई.मौसम भण्डारी, ई.दीपक सुवेदी, ई.प्रकाश श्रेष्ठ, ई.दीपक बहादुर बोहरा, ई.ओम प्रकाश अधिकारी, ई.लक्ष्मी कुमार महतो, ई.अशोक कुमार रिमाल र ई.दिवस सिलवाललाई उम्मेदवार बनाएको छ।
समाजवादी इन्जिनियरिङ एसोसियसनका अध्यक्ष लगायत विभिन्न पदमा केन्द्रमा १७ जना र ७ वटै प्रदेशमा विभिन्न संगठन संग सहकार्य गरि विभिन्न पदमा उम्मेद्वारी दिएको छ।
समाजवादी एन्जिनियर्स एसोसियसनका प्रतिवद्धताहरु यस्ता छन्: