काठमाडौँ। नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीले काठमाडौँ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पदमा नियुक्त हुनुभएका संघका महासचिव भाईकृष्ण बलामीलाई शनिबार बधाई तथा शुभकामना दिएको छ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय कार्यालय सचीव जीवनराम श्रेष्ठले पार्टीभित्र कुमार र गणेशको प्रवृत्ति रहेको भन्दै जो नेताको वरिपरि घुम्छ उसैले मात्र अवसर पाँउने गरेको बताउनुभयो।
उहाँले गणेश र कुमारको प्रसँग उल्लेख गर्दै अब पनी यस्तै प्रवृत्ति रहने हो भने पार्टी अझँ कमजोर हुँदै जाने बताउनुभयो। काठमाडौँ जिल्ला खेलकुद विकास समितिका नबनियुक्त अध्यक्ष भाइकृष्ण बलामीलाई प्रमुख अतिथि श्रेष्ठले खादा र अबिर लगाई बधाई दिनुभयो।
बधाई पश्चात बलामीले आफू धेरै प्रायस पश्चात यस पदमा नियुक्त भएको र याँहा कामगर्न धेरै चुनौती भएपनि चुनौती पश्चात अवसर हुने भएकोले आफूले राम काम गर्ने सोच राखेको बताउनु भयो। जाने बित्तिकै खेलकुद सम्बन्धि ८ वटा समिति गठन गरिसकेको बताउनु भयो।
त्यहाँ आम्दानीको फाइल पेन्डिङ्गमा रहेको २५/३० वटा सटरहरु रहेपनी आम्दानी नभएको जानकारिमा आएको बताउनुभयो। आफू जतिन्जेल रहेपनी रहुन्जेल खेलकुद सम्बन्धि कार्यक्रम गर्ने युवाहरूलाई खेलकुदमा आकर्षित गराउने जस्ता प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी सल्लाहकार तथा काठमाडौं जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष रामेश्वर श्रेष्ठले नेकपा एसको भर्खर सम्पन्न १०औं महादिवेशनलाई लक्षित गर्दै महादीवेशनलाई लिएर धेरैको असन्तुष्टि रहेको बताउनु भयो।
महादिवेशनबाट अध्यक्ष ,सम्मानित नेता र महासचिव बाहेक सबै पदमा निर्वाचन प्रक्रियामा जाने कुरा भएको भएपनि त्यसो नभई एक्कासि ९३ जनालाई केन्द्रिय कमिटीमा ल्याउँदा बाँकीको चित्त नबुझेको बताउनुभयो। कसैको माथिको पदमा जाने इच्छा थियो, कोहि त्यही पदमा बस्ने र कोहि छोडेर बस्ने इच्छा र कोहि नयाँ पनि केन्द्रिय समितीमा आउँन इच्छुक हुँदाहुँदै यो प्रक्रियाले जिल्ला साथीहरू दोमन हुँदै फर्केका बताउनु भयो। अब के हुने नहुने भन्ने अन्योलमा रहेको र निराँश छाँएको बताउनु भयो। आफू आजसम्म कुनै पदको भोको नरहेको र कुनै नेतसङ केहि माग्न नगएको पार्टीको इमान्दार सिपाही रहेको बताउनु भयो।
कार्यक्रममा गुरुङ संघका अध्यक्ष गङा गुरुङ, सल्लाहकार न्हुछे बहादुर धुकुछु, पार्टी काभ्रे जिल्ला सचीव गोकुल गौतम ,समाजवादी प्रेस संगठन नेपालकि सस्थापक केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाकी उपाध्यक्ष अम्विका दहाल ( श्रेष्ठ ) लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो।
नेपाल नेवा: रास्ट्रिय संघका केन्द्रिय अध्यक्ष माइला बाबु धौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघकि उपाध्यक्ष अमला श्रेष्ठले गर्नुभएको थियो ।त्यसैगरी संघकि सचीव अम्विका श्रेष्ठर के. सदस्य देवलक्ष्मी स्याउलाले ड्स आसन सबैलाई खादा लगाई सगुन समेत बितरण गर्नुभएको थियो। नेकपा एसको केन्द्रिय कार्यालयमा भएको उक्त कार्यक्रममा कार्यक्रमको संचालन संघका सचीव हरिगोपाल प्रधानाङ्गले गर्नुभएको थियो।