काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन राजधानीको कमलादीमा जारी छ।
गत आइतबारदेखि जारी महाधिवेशनको चौथो दिन केन्द्रीय कमिटी, अनुशासन र लेखापरिक्षण कमिटी निर्वाचन निर्देशिका -२०८१ तय गरिएको छ।
निर्देशिका यस प्रकार रहेको छ:
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचितहुने केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी र केन्द्रीय लेखा परिक्षण कमिटीको चयन गर्ने कार्यलाई व्यवस्थित र विवादरहित गराउने।
२. केन्द्रीय कमिटी निर्वाचन
२.१ प्रत्येक जिल्लाबाट १ जना
२.२ प्रदेश अन्तर्गतका २५०० सङ्गठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने संख्या
२.३ समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना । समावेशी क्षेत्रबाट हुने निर्वाचनको क्षेत्र, अनुपात र संख्या अनुसूची-१ बमोजिम हुनेछ।
२४ पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना ।
२.५ भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नु पर्नेछ ।
२.६ महिला लगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५-४५ वर्ष उमेर समुहलाई आरक्षण गर्नु पर्नेछ ।