काठमाडौ ,जेठ १३
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मेली जनताको अभिभावक बन्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मी काठमाडौं सम्पर्क मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचनको समिक्षा कार्यक्रममा वोल्दै मन्त्री रामकुमारी झाँक्रीले आफू गुल्मेली जनताको अभिभावक बन्ने वताउनु भएको हो ।
लामो समयदेखि राजनीतिमा सक्रिय हुँदै सासंद र मन्त्री भएपनि गुल्मेली जनताको प्रत्यक्ष जनमतले आफू अभिभावक वन्न आतुर रहेको उहाँले बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले पार्टीका नेता कार्यकर्ताहरुसगै गुल्मेली जनतालाई निरास हुन नदिने भन्दै आगामी सघंको निर्वाचनमा गुल्मीवाट आफू उम्मेदवार वन्ने पक्का भएको दावी गर्नुभयो ।
उहाँले गुल्मीको विकास र गुल्मेली जनताको जिवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएको भन्दै स्थानीय निर्वाचनमा भएका केही कमजोरीलाई सिकाईका रुपमा लिएर आगामि सघं र प्रदेशको निर्वाचनमा जानुपर्ने झाँक्रीको भनाइ रहेको थियो ।
विद्रोह गरि पार्टी निर्माण गरेको ८ महिनामा पार्टी र चुनाव चिन्हको यति धेरै जनताको विचमा पुग्न सक्नु र मत लिनु ठुलो उपलब्धिका रुपमा लिनुपर्ने भन्दै मन्त्री झाँक्रीले स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठवन्धन अधिकाशं ठाउमा सफल भएको बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज गणेश खनाल,केन्द्रीय सदस्य प्रमेश पोखरेल,शिव सुवेदी,समीर गौतम,दामोदर चालिसे, दयाराम पाण्डे,विक्रम जिएम,लक्ष्मण झाँक्री,जनक नेपाली लगायतले जिल्लाको स्थानीय तह निर्वाचनको वारेमा रिपोर्टिङ गर्नुभएको थियो कार्यक्रम मञ्चका उपाध्यक्ष विक्रम जिएमको अध्यक्षता र सचिव समीर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।