मुस्ताङ। नेपाल रिटर्नी एशसिएसन (समाजवादी) को मुस्ताङ जिल्ला कमिटी गठन गरिएको छ।
नेकपा (एकीकृत समाजवादी) मुस्ताङ जिल्ला कमिटी कार्यालयहलमा भएको हो। कार्यक्रममा जिल्ला कमिटी अध्यक्षको भिम रसाइलीकोअध्यक्षता तथा एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्य र जिल्ला कमिटी सचीवको सञ्चालनमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा केन्द्रयि परिषद सदस्य, रिटर्नी एशोसियसनका केन्द्रीय सदस्यलगायतका नेताहरूको उपस्थितमा खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय मुस्ताङ जिल्ला कमिटी गठन गरिएको हो।
उक्त कार्यक्रममा एशसिएसनका अध्यक्ष पौडेलले विदेशबाट फर्कदा युवाहरूको ज्ञान शिप र पूँजीलाई मुलुको समृद्धिका निम्ति सदुपयोग गर्नुपर्ने बताउनु भयो। अध्यक्ष पौडेलले भन्नुभयो, ‘देशमा केही गरौं र रोजगार सिर्जनागर्ने हैसियतमा फर्किएका हुन्छन्। रिटर्नीहरू देशको लागि बलियो खम्बा हुन्। एशोसियसनले पार्टी र देशलाई सही मार्गमा अघि बढाउन आवाज बुलन्द गर्नेछ।’
अध्यक्ष पौडेलले भन्नुभयो, ‘कृषि उत्पादन नै राष्ट्रको प्रमुख मेरुदण्डको कृषकको क्रयशक्ति बढाउन सकिन्छ। कृषकको क्रयशक्ति बढाउन एशोसिएनको पूर्ण ध्यान केन्द्रीत रहेको बताएका छन्। पौडेलले राष्ट्रले आवश्यकता हेरेर प्राथमिकताको आधारमा लगानी गर्नुपर्दछ। आज पनि केही दलका प्रमुखले भ्यू टावर बनाएकोमा गर्वगरेको सुनिन्छ। जुन भ्यूटावर जस्ता अदुरदर्शी चटकी विकासले जनता मारमा परेका उनीहरूमा नैराश्यता फैलीनुका साथै आम जनताको शिरमा ऋणको भार थप थुपारिएको बताएका छन्।’
उहाँले अगाडि थप्नुभयो, ‘दिनरात गरिबीमा दुई छाक खान लडिरहेको उक्त भ्यूटावरको सट्टामा तिनै गरीब बस्तीलाई कृषि उत्पादनमा जोडी व्यस्थापन गरेको भए ती बस्ति गरिबीको रेखाबाटमाथि उठाउन सकिने थियो। वैदेशिक मुद्राको आर्जन साथै युवा पलायन रोक्ने नमूना बस्ति परिणत गर्न सकिने हुन्थ्यो।’
उक्त कार्यक्रमको अध्यक्षता गरेका नेकपा समाजवादी मुस्ताङ जिल्लाका कमिटीका अध्यक्ष रसाइलीले हिमाल पारीको जिल्लालाई राज्यले व्यवस्था गरेकोले विदेशबाट फर्किएर संगठित भएका युवाहरूले जोडारक साथ आवाज उठाई राज्यको हरेक संयन्त्रसम्म आवाज बुलन्द गर्नेमा विश्वास रहेको बताउँदै नवनिर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्नुभएको थियो।