मकवानपुर। नेकपा (एकीकृत समाजवादी) मकवानपुरको नवौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको बैठकले विभिन्न पालिकाका लागि इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ।
बैठकले हेटौँडा उपमहानगरपालिकाको इन्चार्जमा पार्टी सचिव धुव भुजेललाई जिम्मेवारी प्रदान गरेको छ। सचिव भुजेलले पार्टी संगठन विभागकोसमेत जिम्मेवारी पाउनु भएको छ।
सहइन्चार्जमा उपसचिव कविन पन्त, सदस्यहरूमा राजु अधिकारी, ज्ञानेन्द्र देवकोटा, देवराज गौतम र शुक्रदेवी बल रहनु भएको छ। थाहा नगरपालिकाको इन्चार्जमा सानुकाजी गोपाली, सहइन्चार्जमा वीरबहादुर तामाङ र सर्मिला जिम्बालाई जिम्मेवारी दिएको छ।
मनहरी गाउँपालिकाको इन्चार्जमा उपसचिव किशोर बर्तौला, सहइन्चार्जमा शिवकुमार काशी र देवीमाया तामाङ रहुन भएको छ। इन्द्रसरोबर गाउँपालिकाको इन्चार्जमा कुन्छान लामा रहनु भएको छ भने राक्सिराङ गाउँपालिका इन्चार्जमा ज्ञानेन्द्र तामाङ र सहइन्चार्जमा कृष्णबहादुर तामाङ् रहनु भएको छ।
कैलाश गाउँपालिकाको इन्चार्जमा उपसचिव टंक मोक्तान र सहइन्चार्जमा कालु ढकाललाई जिम्मेवारी तोकिएको छ भने मकवानपुरगढी गाउँपालिका इन्चार्जमा दुर्गा दहाल र सहइन्चार्जमा शिवराज देवकोटालाई जिम्मेवारी तोकिएको छ।
बैठकले तिलक अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरेको छ भने राकुमार एलनलाई सूचना तथा सञ्चार विभाग प्रमुखको भूमिका दिएको छ।
यस्तै, मनोज कुमार वाइवालाई जनजाति महासंघ, अरुण बर्तौलालाई विद्यार्थी, शान्तिप्रिय बन्दनालाई राष्ट्रिय जनसांस्कृतिक महासंघ, दीपक बस्नेतलाई एकीकृत टे«ड युनियन इन्चार्ज र अलि हुसेनलाई मुस्लिम इत्तेहाद संगठनको इन्चार्जको जिम्मेवारी दिएको छ।