लुम्बिनी। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले गाडी र साडी मात्रै वेचेर मुलुक नबन्ने बताउनु भएको छ।
मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गर्नु भएको हो।
उहाँले राष्ट्रिय पूँजीको विकास गरेर समाजवादमा नजादासम्म मुलुक अगाडि बढन नसक्ने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयो, ‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भईरहेका छ्न्। नेपाल राष्ट्रिय पुजीकोविकास गरेर समाजवादमा जाने नीति लिएका छौं।'
महासचिव भुसालले रोजगारी सृजाना गर्दै मुलुकमा १० बर्षभित्र राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताउनु भयो। नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूँजिवाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुजीको विकास गर्नुपर्नेमा भुसालको जोड छ।
महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरी नीति बनाउनेसमेत जानकारी दिनुभयो।
प्रशिण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्च हरी पराजुलीले जनताका आधारभूत विषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गर्नु भएको छ। उहाँले समाजमा किसान, मजदुर, दलित, महिला तथा उत्पिडित समुदायका मुद्वामा उठाउनसमेत आग्रह गर्नुभयो।
त्यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्यूनिष्ट आन्दोलनमा देखिएको निराशशालाई अब आफूहरूले आशामा परिणत गर्ने बताउनुभयो। उहाँले २०७५ सालसम्म कम्यूनिष्ट बहुमत रहेकोमा एमालेका कारण त्यो घटेकोसमेत बताउनु भयो। उहाँले महाधिवेशनले स्पष्ट नीति र बाटो तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुटन नेतम कार्यकर्तालाई आग्रह गर्नुभयो।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश वृहस्पति अधिकारी, सचिव अशोक कोईराला,मोर्चा संगठन लुम्बिनीका ईन्चार्ज अब्दुल हुसेन खाँ, पार्टी रूपन्देहीका अध्यक्ष श्रीराम यादव, अखिल नेपाल महिला संघ समाजवादी लुम्बिनि अध्यक्ष लक्ष्मी भुसाल लगायतले मनतव्य राख्नु भएको थियो।
उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भगवती अधिकारीलाई मन्त्री भएकोमा सम्मान गरिएको थियो। बैठकमा नेकपा एसका विभिन्न जनवर्गीय संगठनका प्रदेश अध्यक्ष एव प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गर्नु भएको थियो।
मोर्चा संगठन लुम्बिनी प्रदेश तथा प्रदेश कमिटी उपसचिव अब्दुल हुसेन खाँको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन अनेमसंघ (समाजवादी) लुम्बिनी अध्यक्ष लक्ष्मी भुसालले सञ्चालन गर्नुभएको थियो।