काठमाडौँ। शहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौँको गुजेश्वोरीमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ।
सहरी विकास मन्त्री धनबहादुर बुढाको प्रमुख आथित्थ्यतामा बिहिबार समितको कार्यालयमा सम्पन्न गरेको छ। ३०औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले बागमती सभ्यतासँग जोडिने सबै व्यक्ति, निकाय, संघसस्था र सरोकारवालाहरुलाई बधाई दिदै आगामी दिनहरुमा यसको निरन्तरताको लागि अझ कर्मठ भएर लाग्न निर्देशनसमेत दिनुभयो।
काठमाडौँ उपत्यकाभित्र बाग्मती र यसका सहायक नदी नालाहरुलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरुको जगेर्ना गर्ने उद्देश्य सहित वि.सं.२०५१ चैत्र २८ मा समितिको स्थापना भएको हो।
समितिले बाग्मती नदीको किनारामा बहाब क्षेत्र कायम हुनेगरी पूर्वाधार निर्माणका कामहरु जस्तै ढल निर्माण, सडक निर्माण, हरित क्षेत्र निर्माण, तटबन्ध निर्माण तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा संचालन गरि तथा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, काठमाडाँै उपत्यका विकास प्राधिकरण नायव विकास आयुक्त नवराज प्याकुरेल, नया शहर आयोजना कार्यालय निर्देशक एकराज अधिकारी, क्षेत्रीय सहरी बिकास आयोजना प्रमुख रोशन श्रेष्ठ, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भारत प्रसाद अर्याल, उपमहानिर्देशक महेश चन्द्र न्यौपाने, राष्ट्रिय आवास कम्पनीका अध्यक्ष सन्दिप मिश्र, निमित्त महाप्रबन्धक अश्विनी कुमार खड्का,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका निमित्त कार्यकारी निर्देशक दिपेन्द्र बिक्रम सिंह, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना प्रमुख डा। युबराज पौडेल लगायतको उल्लेखीय सहभागिता थियो।