काठमाण्डौ,जेठ ८
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको हो ।
छलफलमा सत्ता घटक दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरु समेट्न सुझाव दिएको बताइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम महत्वाकांक्षी भन्दा जनताका समस्या सम्बोधन हुने खालका विषय समेटेर ल्याउन सुझाव दिएको बताउनु भयो । ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सुरक्षा जस्ता विषयलाई सरकारको नीति तथा कार्यक्रममा जोड दिनुपर्छ भन्ने मैले सुझाव दिएँ’, नेता नेपालले भन्नुभयो ।
, ‘कृषिलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्ने योजना हुनुपर्छ, चुरे विनाश रोक्ने योजना आउनुपर्छ र नीजगढ विमानस्थल पुरा गर्नेलगायतका योजना समेट्नु पर्छ ।’ नेता नेपालको सुझाव थियो ।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पेशसंसदमा पेश हुने कार्यक्रम अनुरुप सरकारको नीति तथा कार्यक्रममाथि सामान्य छलफल र सुझावका सन्दर्भमा बैठक वसेको बताइएको छ ।