काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कमिटी गुल्मी पुनर्गठन भएको छ।
आइतबार सम्पन्न भेलाले मुसिकोट ३ निवासी सावित्रा पाण्डे भण्डारीको अध्यक्षता २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
जसको उपाध्यक्षहरु माया घर्ती (मालिका ८), माया गौतम घिमिरे (मालिका ७), सचीवमा शारदा खनाल भण्डारी (धुर्कोट ६), कोषाध्यक्षमा रूपा विश्वकर्मा (रेनपा १४), उपसचिवमा कमला कुँवर खत्री (इश्मा २), कोपिला जि.सी. (इश्मा ५) रहनु भएको छ।
भेला जिल्ला कमिटी अध्यक्ष श्रीराम महतको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला उपाध्यक्ष राममल्ल ठकुरी, केन्द्रीय परिषद् सदस्यहरु निर्मला राउत पोखरेल, कमला बराल, प्रदेश कमिटी सदस्य बालकृष्ण बराल, जिल्ला कमिटी सदस्यहरु रामप्रसाद पन्थ, थानेश्वर पोखरेलको विशेष आतिथ्यता रहेको थियो।
सावित्रा पाण्डे भन्डारीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमा कमला बरालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संगठनकी सचीव शारदा खनाल भन्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।