काभ्रेपलान्चोक। नेकपा (एकीकृत समाजवादी) पाँचखाल र मण्डनदेउपुर नगर कमिटीले १०औं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ।
काभ्रेको पाँचखालमा आयाेजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई बधाईकाे साथै शुभकामना दिइएको हो। नगर कमिटी अध्यक्ष रविन्द् सिपखानकाे अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका श्रम ,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लम्सालले नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुलाई नयाँ उर्जाका साथ संगठनमा लाग्न र संगठित सदस्य संङ्ख्या वृद्धि गर्न निर्देशन दिनु भयो।
साथै नेकपा एकीकृत समाजवादी मण्डनदेउपुर नगर कमिटीले पनि कार्यक्रम आयाेजना गरि नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ। नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद आचार्यकाे अध्यक्षतामा भएको थियो। कार्यक्रममा पार्टी जिल्ला ईन्चार्ज टाेक बहादुर वाइवा प्रमुख अतिथि रहनु भएको थियो। साेहि कार्यक्रममा नगर कमिटीको बिस्तारित बैठक बसि गणेश प्रसाद आचार्यकाे संयाेजकत्वमा नगर अधिवेशन आयाेजक कमिटी बनाइएको छ।
प्रमुख अतिथि टाेक बहादुर वाइवाले याे अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु एक सय एक रहेकाे हुँदा नयाँ कमिटीले राम्रो काम गर्नमा विश्वस्त रहेको बताउनु भयो। उक्त कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्ष बसुन्धरा हुमागाईले जिल्ला अधिवेशन गरेर एउटा चुनौती पार गरेको र विद्ाेह पछिकाे पहिलो अधिवेशनले जिल्लामा राम्रो सन्देश दिएको बताउनु भयो।
दुवै कार्यक्रममा नवनिर्वाचित पदाधीकारी जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाई, उपाध्यक्षद्वय रघुवर चौ प्रधान, पासाङ ढाेल्माे तामाङ, सचिव गौकुल गौतम ,सहसचिवहरु हरि गाेपाल प्रधानाङ्ग र भेषराज शाह कृष्ण बहादुर लामा तथा जिल्ला कमिटी सदस्यहरु दया सागर श्रेष्ठ, सन्ताेष चौलागाईं , टीका प्रसाद हुमागाई, डिल्ली प्रसाद आचार्य रिना वाइवा तामाङ, राजन प्रसाद पराजुली, चमार सिह वाइवा, विकास राई, मनिस वर्देवा , सुन्तली तामाङ , माधव न्यौपाने, रण बहादुर बाेहरा, कल्पना श्रेष्ठ, पुरुषाेत्तम आचार्यलाई सफल कार्यकालकाे शुभकामना दिइएकाे थियो।