काठमाण्डौँ,जेठ ८
स्थापनाको यति छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको उपलव्धिलाई अन्यथा लिनु नहुने नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य दामोदर अर्याल बताउनु हुन्छ ।
उहाँले निर्वाचनको परिणाम पछि सामाजिक संजलमा लेख्नुभएको छ हाम्रो पार्टीको नाम र चुनाव चिन्ह नयाँ थियो सङ्गठन निर्माण गर्न भ्याइएकै थिएन निर्वाचन आयो, हामिले सामना गर्यौ । हामी यति जित्छौ भन्ने हाम्रो कुनै दावी थिएन । जति जित्यौ, हामिलाई गौरव छ । उहाँले भन्नु भएको छ ।
नेता अर्यालका अनुसार निर्वाचनका दौरानमा आफ्ना बिचारहरु आम जनता समक्ष पुगेको छ । हाम्रो पार्टीको नाम र चुनाव चिन्ह जनताका घर आगनमा फहराउन सफल भएका छौ । खासगरी एमालेसङ्गको बिभाजन र यसको औचित्य पुष्टि भएको छ ।
कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्ने आधार प्राप्त भएको छ । यिनै आधारहरुको जगमा हामी कम्युनिस्ट आन्दोलनको रक्षा,बिकास र पुनर्निर्माण गर्न चाहान्छौ । त्यो सम्भव छ उहाँले लेख्नु भएको छ ।
स्थापनाको छोटो अवधिमै स्थानीय निकाय निर्वाचन फेस गर्नुरेको नेकपा (एकीकृत समाजवादी) ले हालसम्म एक उपमहानगर सहित १७ पालिकामा विजय हासिल गरेको छ ।
एकीकृत समाजवादीले एक उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ भने अन्य २ निकायमा अग्रता लिईरहेको छ । हेटौँडा उपमहानगरपालिकामा निर्वाचित नगरप्रमुख मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभयो । इलाम को सूर्योदय नगरपालिका प्रमुख मा १२ हजार ४ सय ३१ मत सहित रण बहादुर राई विजयी हुनुभयो । उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा मान वहादुर केप्छाकी मगरले ४ हजार ९ सय ४२ त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका प्रमुख मा जितेन्द्र प्रसाद गुप्ता ५ हजार ३ सय ९२ मतका साथ विजयी हुनुभएको छ ।
त्यस्तै सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्षमा केदार नाथ यादव ३ हजार ४ सय ७, रौतहटको गौर नगरपालिका प्रमुखमा शम्भु साह ६ हजार ३ सय ८१, रौतहटको राजदेवी नगरपालिका प्रमुखमा भीखारी प्रसाद यादव ६ हजार ९ सय ९९, दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा प्रोण प्रताप के सी ५ हजार ४ सय ९० मतले विजयी हुनुभएको छ ।
यसैगरी धादिङ्गको धुनीबेंशी नगरपालिका प्रमुखमा बालकृष्ण आचार्य ८ हजार ७ सय ६, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा टोक बहादुर तामाङ ९ हजार ४ सय ६, चितवनको राप्ती नगरपालिका प्रमुखमा शमशेर लामा १२ हजार ५ सय २४, बझाङ्गको केदारस्युँ गाउँपालिका अध्यक्षमा गणेश बहादुर बोहरा ४ हजार ३ सय २१, कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा खडक बहादुर रावत १३ हजार १ सय २८, सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा दुर्गा बहादुर पुन ३ हजार १ सय ६०, मुगुको सोरु गाउँपालिका अध्यक्षमा धर्म बहादुर शाही ४ हजार ४७ मत का साथ विजयी हुनुभएको छ ।
साथै डोल्पाको छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ र सोहि जिल्लाको काईके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै एकीकृत समाजवादीका उम्मेद्वारहरु मध्ये २० जनाले उपप्रमखुमा जित हासिल गर्नुभएको छ ।