काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी काठमाडौँको बैठक सम्पन्न भएको छ।
पार्टी अध्यक्ष एलपी श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त बैठक सम्पन्न भएको हो।
बैठकले आगामी पार्टीको १०औं केन्द्रीय महाधिवेशनको तयारी स्वरूप विभिन्न विषयमा छलफल गरेको छ।
यहि शनिबारसम्म सबै वडा कमिटीको बैठक सम्पन्न गर्ने, सदस्यता वितरण र नविकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, पार्टीको आगामी केन्द्रीय महाधिवेशनबारे ब्यापक छलफल गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले जानकारी दिनु भएको छ।
नेता श्रेष्ठकाअनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न बैठकमा पार्टीका प्रभा बज्राचार्य, गोपाल बराल, टहल खड्का र केन्द्रीय सदस्य सागर नेपाल, सिता श्रेष्ठ, सिता ओझा, सुदेश पराजुलीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
तस्बिर: धनराज वास्तविक/प्रचार विभाग