काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कोशी सम्पर्क कमिटीको ८औं सचिवालय बैठक सम्पन्न भएको छ।
शनिबार कार्यबाहक अध्यक्ष दिलीप कुमार राईको अध्यक्षतामा सम्पर्क सभाकक्ष शान्तिनगरमा बैठक सम्पन्न भएको हो।
कार्यबाहक सचिव जनक प्रसाद दाहालद्वारा संचालित बैठकमा पार्टी केन्द्रीय सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी अध्यक्ष वीरबल काजी राई, केन्द्रीय सदस्य तथा कोशी सम्पर्क कमिटी इन्चार्ज अमिका थापा, सम्पर्क विशेष प्रदेश कमिटी उपसचिव, प्रचार विभाग प्रमुख, प्रवक्ता एवम् केन्द्रीय परिषद सदस्य केशर अधिकारी, केन्द्रीय परिषद सदस्य रेखा राई प्रधान लगायत कमिटी उपाध्यक्ष रित बहादुर जमरकट्टेल, उपसचिव द्वय मनोज कुमार चौधरी र टेक बहादुर गुरुङ तथा आर्थिक विभाग प्रमुख उषा राई उपस्थित हुनुहुन्थ्यो।
सम्पर्क मञ्चका अध्यक्षहरू संखुवासभाबाट डम्बर कोइराला, ओखलढुंगाका काजी थापा, मोरङका चन्द्र ढकाल, ताप्लेजुङका रोशनी लिम्बू, पाँचथरका विक्रम भट्टराई, उदयपुरका प्रदीप थापा तथा अन्य पदाधिकारीहरू सुनसरीका सचिव रमेश दाहाल, भोजपुरका उपाध्यक्ष सुसन थापा, धनकुटाका सचिव दिवस बस्नेत तथा सदस्य दीपेश बस्नेत हुनुहुन्थ्यो ।
बैठकले कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन २०८१ बैशाख ८ गते शनिबार सम्पन्न गर्ने, उक्त कार्यक्रमको लागि १४ वटै सम्पर्क मञ्चहरूबाट प्रतिनिधि बोलाउने र कमिटीका सबै पदाधिकारी रहनेगरी अधिवेशन आयोजक सचिवालय गठन गर्ने निर्णय गर्यो।
त्यसैगरी यही हप्ताभित्र कोशी सम्पर्क कमिटी अन्तर्गतका ३ सय हाराहरीका संगठीत सदस्यहरूको सदस्यता नवीकरण तथा वितरण प्रकृया पूरा गरी सम्पर्क विशेष प्रफेश कमिटी हुँदै पार्टी संगठन विभागबाट प्रमाणित गराई वैधानिकता लिने निर्णय गरियो।
बैठकमा केही सम्पर्क मञ्चहरूबाट रिपोर्टिङ हुनुका साथै केन्द्रीय परिषद सदस्य, सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव, इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी अध्यक्ष तथा पार्टी केन्द्रीय कमिटीका अध्यक्ष आदिले समसामयिक राजनीतिक तथा सांगठानिक महत्वका आ- आफ्ना मन्तव्य राख्नु भएको थियो ।
बैठकमा महाधिवेशनको सहयोगार्थ विभिन्न ९ जना व्यक्तित्वहरूबाट प्रतिबद्धता व्यक्त गरियो भने कमिटी इन्चार्ज अम्बिका थापाले नगदै रु. ५०२५/- प्रदान गर्नुभएको थियो।