मन्थली। नेकपा (एकीकृत समाजवादी), रामेछापको गोकुलगङ्गामा पालिका स्तरिय अभियान सम्पन्न भएको छ।
पार्टीका केन्द्रीय सदस्य धनबहादुर कार्कीको विशेष उपस्थितिमा पार्टी सदस्यता वितरण, नविकरण र संगठन पुनर्निमाणका कामहरू भएका छन्।
पालिकाको वडा नम्बर ५ नामाडीमा दल बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। त्यसैगरि वडा नम्बर ४ बेतालीमा माधव रिसालको अध्यक्षतामा पार्टी संगठन सुदृढीकरण तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको थियो।
दुबै कार्यक्रम पार्टी केन्द्रीय कमिटी सदस्य कार्कीको प्रमुख आतित्थ्यता रहेको थियो। केन्द्रीय परिषद सदस्य बलराम खड्का र गोकुलगङा गाउँपालिका कमिटीका अध्यक्ष चुडामणी घिमिरेको उपस्थित रहनुको भएको थियो। साथै पार्टी कमिटीका पदाधिकारी, सदस्य र सर्वसाधारणको उपस्थित रहेको थियो।
त्यस्तै सनिबार गोकुलगङ्ग गाउँपालिकाकै वडा नम्बर ३ रस्नालुको पार्टी संगठन सुदृढीकरण तथा व्यापक सदस्यता वितरण कार्यक्रम सम्पन्न गरिएको छ। वडा कमिटीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम पार्टी केन्द्रीय कमिटी सदस्य कार्कीको प्रमुख आतिथ्यमा पालिका कमिटी अध्यक्ष चुडामणी घिमिरे जिल्ला कमिटी सदस्य शंकर कार्कीलगाएत कमिटीका पदाधिकारी सदस्यका साथै अन्य नेता कार्यकर्ताहरूको पनि उपस्थितिमा सदस्यता वितरण गरिएको छ।
यो अभियान पार्टीको निर्देशनअनुसार अगाडी बढाउने गरि सर्वसम्मतिले निर्णय भएको छ। त्यस्तै आइतबार वडा कमिटी ठोसे २ र चुचुरे १ को कार्यक्रम सम्पन्न भएको छ। ठोसेमा भरत कुमार कार्की र चुचुरेमा अम्बर बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
पालिका अन्तर्गतका सबै वडा कमिटीको कार्यक्रम पश्चात् पालिका स्तरीय भेलाबाट पार्टीको विभिन्न पालिका स्तरीय जनसंगठन निर्माण पश्चात् कार्यक्रम समापन गरिएको छ।