काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रामेछाप, गोकुलगंगा गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ।
आइतबार केन्द्रीय परिषद सदस्य बलराम खड्काको प्रमुख आतित्थ्यमा एवं अध्यक्ष चुडामणी घिमिरेको अध्यक्षता उक्त बैठक सम्पन्न भएको हो।
पार्टीका केन्द्रीय सदस्य तथा नेपाल भूतपूर्व शैनिक तथा प्रहरी संगठन समाजवादीका केन्द्रीय अध्यक्ष धनबहादुर कार्कीका अनुसार बैठकले पालिकाभित्रका वडाहरूको बैठक राखी पार्टी सदस्यता नविकरण तथा बिस्तार गरी पार्टीलाई शसक्त ररूपमा अगाडि बढाउने निर्यण गरेको छ।
१) २०८० चैत १ गते बिहिबार बिहान १०:०० बजे वडा नं.६ फर्पु ।
२) चैत २ गते शुक्रबार बिहान ७:०० बजे वडा नं.५ नामाडी
३) चैत २ गते शुक्रबार दिउँसो १३:०० बजे वडा नं.४ बेताली
४) चैत ३ गते शनिबार बिहान १०:०० बजे वडा नं.३ रस्नालु
५) चैत ४ गते आइतबार बिहान १०:०० बजे वडा नं.२ ठाेसे ।
६) चैत ५ गते साेमबार बिहान १०:०० बजे वडा नं. १ चुचुरे र
७) चैत ६ गते मंगलबार बिहान १०:०० बजे गाउँपालिका कमिटीकाे बिस्तारित बैठक वडा नं.५ नामाडीमा बस्नेछ।