काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफूहरूबीचको अविस्वास अन्त्य गर्नुपर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ।
शनिबार अनेमसंघ (समाजवादी) ले आयोजना गरेको बनभोज कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका अध्यक्ष नेपालले ओलीको उक्त प्रस्ताव आफूलाई राम्रो लागेको बताउनु भएको छ।
उहाँले भन्नुभयो, ‘पछिल्लो दिनमा विकसित राजनीतिका बारेमा तपाईंहरू जानकार नै हुनुहुन्छ। सुरुमा हामले गल्ति गर्यौं भनेर आउनु भयो। सच्चा मनले आउनु भएको होला भन्ने हामीले बुझेका छौं। अब मिलेर अगाडि जानुपर्छ भन्ने कुरा गर्नुभयो। यसमा हाम्रो सहमति नै छ। अर्को कुरा हिजो मात्रै एमाले अध्यक्ष ओलीले फार्नु गर्नु भएको थियो। उहाँले हामी बीचमा भएको अविस्वास हटाएर अगाडि बढौं भन्नुभयो। मैले हुन्छ भनें।’
उहाँले अगाडि भन्नुभयो, ‘हामी कम्युनिष्ट आन्दोलनलाई ध्रुविकृत गर्न चाहान्छौं। समान र सम्मानजनक रुपमा अगाडि बढ्ने हो भने हामी तयार रहनुपर्छ। विगतका दिनमा भएका गरेका कमजोरीहरूमाथि समिक्षा गर्नुपर्छ। पाठ लिनुपर्छ। ति कमजोरीहरू नदोरिन के गर्नुपर्छ, त्यो गर्नुपर्छ। परामर्श गर्नुपर्छ। मापदण्ड बनाएर अगाडि जानुपर्छ।’
पार्टी उपाध्यक्ष एवं संगठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा सम्पन्न बनभोज कार्यक्रममा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको समेत उपस्थिति रहेको थियो। नेता खनालले नारी आन्दोलन र संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अझैं पनि महिलामाथि अनेकौं हिंसा भइरहेको स्मरण गराउँदै नारी मुक्तीका निम्ति संघर्ष जारी राख्नुपर्ने बताउनु भयोे। उहाँले भन्नुभयो, ‘जबसम्म पुरुषकै बराबर अधिकार नदिएसम्म, पृतिसत्ताको अन्त्य नभएसम्म संघर्ष जारी राख्नुपर्छ। अहिले कम्युनिष्ट गठबन्धनको सरकार बनेको छ। यसलाई अगाडि बढाउनुपर्छ। अग्रमनका कामहरू गर्नुपर्छ।’