काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), निकट नेपाल मगर संघ (समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा संगठनका अध्यक्ष वीरबहादुर बुढाथोकी मगरको अध्यक्षता एवं नेपाल आदिबासी जनजाति महासंघका इन्चार्ज/अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतित्थ्यतामा बैठक सम्पन्न भएको हो।
संगठनका उपाध्यक्ष उमेशबहादुर राना मगरकाअनुसार बैठकले प्रदेशका इन्चार्ज तोकेको छ। जसमा प्रदेश नम्बर १ को इन्चार्जमा पूर्ण प्रकाश पूर्वछाने (मोरङ), प्रदेश नम्बर २ को इन्चार्जमा उत्तर जर्घा मगर (सिराहा), प्रदेश नम्बर ३ मा केबी गरञ्जामगर (धादिङ), प्रदेश नम्बर ४ मा लालबहादुर थापा मगर (बाग्लुङ), प्रदेश नम्बर ५ को इन्चार्जमा आशा झाँक्री (गुल्मी), प्रदेश नम्बर ६ को इन्चार्जमा चक्र घर्ती मगर (सुर्खेत) र प्रदेश नम्बर ७ को इन्चार्ज लोकबहादुर सारू मगरलाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै बैठकले संगठनका उपमहासचिव झविलाल राहु मगरलाई कार्यबाहक महासचिवको जिम्मेवारी तोकेको उपाध्यक्ष रानाले जानकारी दिनुभयो।
साथै संगठनका अध्यक्ष बुढाथोकीको नेतृत्व नौ सदस्सीय कार्यालय टिम चयन गरिएको छ। जसमा अध्यक्ष बुढाथोकीसहित उत्तर जर्घा मगर, उमेश राना मगर, चक्र घर्तीमगर, झविलाल राहु मगर, केवी गरञ्जामगर, आशा झाँक्री र लोकबहादुर सारू रहनु भएको छ।
बैठकले नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय महासचिव चन्द्र तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै संगठनका अध्यक्ष बुढाथोकी पार्टी केन्द्रीय सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन गरेको छ। सोही बैठकमा नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष माइला बाबु धौला, सचिव गंगा गुरुङ र नेपाल लिम्बू संघ (समाजवादी) का केन्द्रीय अध्यक्ष काजिमान लिम्बु लगायत नेताहरूले धारणा राख्नु भएको थियो।