काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश नबन्नुको कारणबारे समिक्षा गर्नुपर्ने बताउनु भएको छ।
शुक्रबार चितवन नगरपालिकाले अघि सारेको ‘भरतपुर भ्रमण वर्ष’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका समानित नेता खनालले मुलुक प्राकृतिक रुपमा धनी भएर पनि गरिबीमा बाँच्नुपर्ने कारण, देश नबन्नुको मुख्य कारणबारे समिक्षा गर्नुपर्नेमा जोड दिनु भएको हो।
उहाँले अगाडि भन्नुभयो, ‘हामी सम्पन्न देशका नागरिक हुनुपर्नेमा, हामीलाई विपन्न देशका नागरिक बन्नु परेको छ। यस कुरालाई फर्नुपर्यो। हाम्रो देश प्राकृतिक, साँस्कृतिक रुपमा धनि भएर पनि हामी गरिब हुनुको कारणको खोजि गरौं। यसलाई बदलौं। वर्तमान समयमा देखा परेका अनेकौं समस्या छन्। जसको समाधानका निम्ति २०६२/२०६३ सालमा आन्दोलन भएको थियो। जबसम्म भष्ट्रचारको अन्त्य नगरेसम्म, कृषि र उद्योगलाई स्थापित गर्न सक्दैनौं भने हाम्रो देशलाई अग्रगतिमा लैजान सकिन्न।’
राजनीतिक क्षेत्रमा हिडिरहेका नेताहरूले आफू हिडेको बाटोका बारेमा एकपटक समिक्षा गर्नुपर्नेमा नेता खनालको जोड छ। उहाँले भन्नुभयो, ‘म सबै शीर्ष नेताहरू आग्रह गर्छु, हामीले हिडेको बाटोमा कहाँ गल्ति भए, एकपटक सिमावलकन गरौं। कहाँ कमजोरी भइरहेको छ, यसका बारेमा एक चोटी कोर्ष चेन्ज गरौं।'
महानगरकी मेयर रेणु दाहालको अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।