काठमाडौं। रेमिटेन्सले २५ प्रतिशत ओगटेको यो देशमा किन युवा लक्षित कार्यक्रम नल्याएर कलकलाउँदो युवालाई कहिलेसम्म विदेशमा मर्न बाध्य बनाउने रु कृषिप्रधान देशमा एकतर्फ जमिन बाँजो, अर्कोतर्फ युवा बेरोजगार। तर, ढुकुटी अनुदानमा किन रित्तिन्छ ?
पछिल्लो यो एउटा घटनाले पनि विदेशमा नेपाली युवाले कसरी सास्ती बेहोरिरहेका छन् भन्ने प्रष्ट हुन्छ । गत २०८० भदौै महिनामा दित्य मेनपावरबाट मलेसिया पुगेका जाजरकोटका–२ का मलेसिया पुग्दा थाहा पाए कि उनीहरु काम गर्न पुगेको कम्पनी बन्द भइसकेको रहेछ ।
उनलाई नेकपा एकिकृत समाजवादी पार्टी निकट नेपाल रिटर्नी एशोसियसन 'समाजवादी' को पहलमा मलेसियास्थित नेपाल दूतावासको सहयोगमा अर्को कम्पनीमा काममा लगाउन सफल भएको थियो ।
तर, सम्बन्धित कम्पनी बन्द भएको कारणले काममा लगाएको कम्पनीले काम दिन नसकेकोले ती दुई युवा एकातिर मलेसियाको गर्मी, त्यसमाथि कमिला जस्ता उडुस, बिना पंखा अझ तीन महिनाजति एक छाक खाँदै ज्यान बचाएर बसेको अवस्था उनलाई पठाउने म्यानपावर व्यवसायलाई विभिन्न माध्यमद्वारा दबाब दिएर उद्दार गरिएको छ । उनीहरुलाई बुधबार राती ८ः४० को फ्लाईटबाट मलेसियाको कोललम्पुरबाट नेपाल ल्याइएको हो ।
मलेसियामा काम नपाएर खाना नपाइ भोकभोकै बस्नेको संख्या धेरै छ भन्ने कुरा उनीहरुले बताएको ती सुनाएको नेपाल रिटर्नी एशसिएसन ९समाजबादी०का प्रविन पौडेलले बताए ।
उनका अनुसार यसरी मलेसियामा अलपत्र पारेर भोकभोकै रहेका युवाहरु घर आउन नसकेर बसेका धेरैछन् । जसको हातमा पासपोर्ट समेत नभएको उनीहरुले बताएका छन् ।
दृष्टिन्युजबाट साभार