काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कोशी सम्पर्क कमिटीको आठौं पूर्ण बैठक सम्पन्न भएको छ।
शनिबार सम्पर्क सभाकक्ष शान्तिनगरमा कार्यवाहक अध्यक्ष दिलीप कुमार राईको अध्यक्षतामा बैठक ससम्पन्न भएको हो। उपसचिव मनोज कुमार चौधरीद्वारा संचालित बैठकमा पार्टी पोलिटब्यूरो सदस्य तथा सम्पर्क इन्चार्ज विजय गुरुङ, केन्द्रीय कमिटी सदस्य तथा सम्पर्क विशेष कमिटीका अध्यक्ष वीरबल काजी राई, केन्द्रीय कमिटी सदस्य तथा कोशी सम्पर्क कमिटी इन्चार्ज अम्बिका थापा, केन्द्रीय पार्सदहरू सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव केशर अधिकारी, आर्थिक विभाग प्रमुख तारानाथ दाहाल, दुर्गा प्रसाद आचार्य तथा रेखा राई प्रधानका साथै सम्पर्क विशेष प्रदेश कमिटीका सदस्यहरू श्याम चौलागाईं, देव बहादुर खत्री तथा जीत बहादुर चौहान अभिभावकका रूपमा र मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष वेदनाथ कोइराला अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कोशी सम्पर्क कमिटीका पदाधिकारी तथा सदस्यहरूको सघन उपस्थिति रहेको बैठकमा कोशीका १४ जिल्ला सम्पर्क मञ्चहरूमध्ये अध्यक्षहरू खोटाङबाट अर्जुन भक्त राई, धनकुटाबाट सूर्य गिरी, पाँचथरबाट विक्रम प्रसाद भट्टराई, उदयपुरबाट प्रदीप थापा, झापाबाट कृष्ण प्रसाद न्यौपाने, सोलुखुम्बुका भीम शर्मा, सुनसरीबाट भीम बहादुर भुजेल, मोरङका लक्ष्मी प्रसाद कोइराला, सचिवहरू संखुवासभाका बिज्ञान दाहाल, भोजपुरका एटम दाहाल, ताप्लेजुङबाट कोशी सम्पर्कका सदस्य सुसन आङ्बोहाङ आदिले जम्मा ११ जिल्लाबाट संक्षिप्त रिपोर्टिङ गर्नुभएको थियो। त्यसैगरी खोटाङ सचिव प्रमोद गेलालले पूरक रिपोर्टिङ गर्नुभयो।
कोशी सम्पर्क कमिटीका सदस्यहरू गंगा प्रसाद रिजाल र हरि के.साम्पाङले समसामयिक विषयहरूमा आफ्ना विचार राख्नुभयो। सम्पर्क विशेष प्रदेश कमिटीका सदस्यहरू श्याम चौलागाईं र दुर्गा प्रसाद आचार्यले आफ्ना बिचार राख्नुभएको बैठकमा मधेश प्रदेश अध्यक्ष वेदनाथ कोइरालाले शुभकामना मन्तव्य राख्नुभयो।
बैठकमा संगठीत सदस्यता अध्यावधिकबारे अन्तिम छलफल, कमिटीको अधिवेशन सम्बन्धी सुझाव लिनुका साथै आर्थिक अपडेट आदिका साथै नेताहरू विजय गुरुङ, वीरबल काजी राई, अम्बिका थापा तथा केशर अधिकारी आदिले निर्देशनात्मक तथा विवेचनात्मक मन्तव्य राख्नुभएको थियो।