अर्घाखाँची। नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको ९औं पूर्ण बैठक सम्पन्न भएको छ।
वैठकका प्रमुख अतिथिसमेत रहनु भएका पार्टी पोलिटब्यूरो सदस्य मेटमणी चौधरीले पार्टी संगठन निर्माणको काममा एकतावद्व भएर लाग्नुपर्ने बताउनु भयो।
प्रतिनिधिसभा सदस्य चौधरीले नेपालको पुरानो खालको राजनीतिक संस्कारलाई बद्ल्नुपर्ने भन्दै पार्टी संगठन निर्माणका लागि सहभागिता मुलक छलफल, सामुहिक निर्णय, कार्यक्रम तथा बैठक सञ्चालन विधिअनुसार अगाडी बढ्नुपर्ने बताउनु भयो।
पूर्वसहरी विकास मन्त्रीसमेत रहनु भएका चौधरीले पार्टीले आगामी महाधिवेशनबाट नयाँ गति लिनेमा जोड दिनुभयो। साथै नेता कार्यकर्ताको मनमा भएको निराशा हटाई उत्साहका साथ पार्टी संगठन निर्माणको काममा लाग्न निर्देशन गर्नु भयो।
नेता चौधरीले एमाले अहिले मुद्दा विहिन भएको र अब जति नै नक्कली कुरा गरेपनि जनताले बुझिसकेको स्पष्ट पार्दै एमालेको भविष्य समाप्त हुन लागेको दाबी गर्नुभयो।
आगामी निर्वाचनसम्मको यो विद्रोहको यात्रा निकै चुनौतिपूर्ण भन्दै अब सामाजिक मुद्दालाई एजेन्डा बनाई सबैखाले समस्यासँग जुद्वै अगाडी बढ्नु पर्ने नेता चौधरीको भनाई छ।
त्यस्तै बैठकमा पार्टीका केन्द्रिय सदस्य अर्घाखाँची जिल्ला इन्चार्ज पिताम्बर सारूले अब नयाँ सोचका साथ युवा नेतृत्वबाट अगाडी बढ्नुपर्ने भन्दै विद्रोहको औचित्य मिसन पूरागर्ने गरि लाग्नुपर्ने बताउनु भयो। नेता सारूले अब अझ सशक्त तवर पार्टी काममा लाग्न सबैलाई आग्रह गर्नु भयो।
बैठकमा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य, मोतीलाल श्रीपाल, सुनिता बेल्वासे, समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल,पार्टी राष्ट्रिय परिषद सदस्य मुकुन्द रोकाले बैठकमा महत्त्वपूर्ण भनाई राख्नु भएको थियो। बैठकमा प्रदेश कमिटी सदस्य तारापती भट्टराई, विष्णुहरु भुसाल, अनेरास्ववियू केन्द्रीय नेता नारायण शर्मालगायतको आतित्थ्यता रहेको थियो।
बैठकले आगामी २ महिने पार्टी संगठन सुदृढीकरण तथा सदस्यता विस्तार अभियान अगाडि बढ्ने त्यसका लागि विभिन्न पालिकामा सहजकर्ताहरू तोकेको छर साथै पार्टी संगठन निर्माणका लागि महत्त्वपूर्ण निर्माण भएको अध्यक्ष रामबहादुर चौहानले जानकारी दिनुभयो।
बैठक पार्टी जिल्ला कमिटी अध्यक्ष चौहानको अध्यक्षता, उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तव्य र सचिव युवराज पौडेलको सञ्चालकमा बैठक सम्पन्न भएको थियो।