काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीको २०औं सचिवालय वैठक सम्पन्न भएको छ।
शुक्रबार सम्पर्क विशेष प्रदेश कमिटीका अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य कमरेड विरवल काजी राईको अध्यक्षतामा उक्त वैठक सम्पन्न भएको हो।
पार्टीको अपनी-१२ र पार्टीको २ महिने पार्टी संगठन निर्माण अभियान सफल बनाउन सम्पर्क विशेष प्रदेश कमिटी र मातहातका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मन्चहरुलाई व्यवस्थित बनाउदै लैजानुका साथै पार्टी सदस्य व्यवस्थित र विस्तार, संगठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मन्चका सदस्यहरु विस्तार, वितरण गर्नुका साथै आर्थिक संकलन गर्ने वैठकले निर्णय गरेको छ।
सदस्यता शुल्क, लेविलाई व्यवस्थित गराउने र कार्यलय व्यवस्थापनको लागि सम्पर्क मन्चहरु र प्रदेश सम्पर्क कमिटीलाई आवश्यकताअनुसार दायित्व तोकि सम्पर्क कार्यलयलाई व्यवस्थित बनउन सजिलो बनाउने विषयहरुलाई छलफल गरि व्यवस्थित गर्ने निर्णय गरिएको छ।
त्यस्तै साथै सबै प्रदेश सम्पर्क कमिटीहरुलाई यस निर्णयअनुसार आआफ्नो कमिटीहरुको वैठक राखि वैठकबाट निर्णयहरु गरि रेकर्डसहित रिपोर्टहरु पठाउनु हुन सर्कलर गर्ने, साथै जेष्ठ ३ देखि ७ गतेसम्मा हुन गैरहेको पार्टीको १०औं महाधिवेशनको पार्टी अध्यक्षको संयोजकत्वमा गठन भएको महाधिवेशन दस्तवेजी मस्यौदा कमिटीलाई सम्पर्क विशेष प्रदेश कमिटीको तर्फबाट केही राया सुझाव दिनको लागि उपध्यक्ष, संयोजक र कमरेडहरु चन्द्र शाही, केशर अधिकारी दिलिप कुमार राई र वेदनाथ कोईराला सदस्य रहेको ५ सदसिय सुझाव सहयोग कमिटी गठन गरि सम्पर्कको तर्फवाट सुझाव दिने निर्णय गरिएको छ।
त्यस अलवा प्रदेश सम्पर्क कमिटीहरु र जिल्ला सम्पर्क मन्चहरुलाई गठन पुर्न गठन गर्दै कमिटी व्यवस्थित गर्ने निर्णय भएको छ। वैठकको सञ्चालन सचिव कमरेड चन्द्र शाहीले गर्नु भएको थियो।