काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) विद्यार्थी विशेष जिल्ला कमिटीको पदाधिकारी वैठक सम्पन्न भएको छ।
बिहिबार कमिटीका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य तथा इन्चार्ज मोहन गौतमको प्रमुख आतित्थ्यतामा उक्त वैठक सम्पन्न भएको हो।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न वैठकमा रिर्पोटिङ, इलाका कमिटीका सम्बन्धमा, संगठित सदस्यताका सम्बन्धमा, पार्टीको दुई महिने अभियानका सम्बन्धमा छलफल भएको छ। कमिटीका उपाध्यक्ष उत्तर खड्काकाअनुसार वैठकले कमिटी मातहतका सबै इलाका कमिटीहरूको आगामी चैत्र १५ गतेभित्र बैठक, गठन, पुर्नगठन तथा सम्मेलन गर्ने निर्णय गरेको छ।
पशुपति इलाका अध्यक्षमा दिवस बस्नेत, सानोठिमी इलाका अध्यक्ष कैलाशीराज गिरी, पाटन इलाका अध्यक्षमा तर्क शाही, पोखरा विवि इलाका अध्यक्षमा प्रविण बिष्ट, त्रिभूवन विश्वविद्यालय इलाका अध्यक्ष समिर गौतम, सचिव हिमाल थापा क्षेत्री, ठमेल इलाका अध्यक्ष राम बहादुर मल्ल, सचिव प्रिया देवकोटा, प्रदर्शनीमार्ग भृकुटीमण्डप इलाका अध्यक्ष मुकेश कुँबर, उपाध्यक्ष एन्जलिका श्रेष्ठ, सचिव विशालदत्त भट्ट उपसचिव प्रक्चन न्यौपाने, घण्टाघर इलाका अध्यक्ष सन्तोष शेर्पा, उपाध्यक्ष सुवास विडारी, सचिव विपल थापालाई चयन गरिएको छ।
त्यस्तै मिनभवन इलाका अध्यक्षमा प्रमिला लामा, उपाध्यक्षमा विशाल खड्का, सचिव शैलेन्द्र श्रेष्ठ, इलाका नम्बर ६ सान अध्यक्षमा ओम अधिकारी, सचिव स्वयव अन्सारी, पूर्वाञ्चल इलाका अध्यक्ष मजोन चन्द, सचिव शैलेन्द्र बम, केयु इलाका अध्यक्ष सुमनराज पौडेल, उपाध्यक्ष कोसिसकरण भुसाल, सचिवमा सचिनजी तण्डुकार, सिटिइभिटिइ इलाका अध्यक्षमा हर्क बम, सचिव रोशन महरालाई चयन गरेको छ।
वैठकमा केन्द्रीय सदस्य जीवन राई, ताज मोहमद मियाँ, लगायतको उपस्थिति रहेको थियो।