काठमाडौँ। नेपाल रिटर्नी एशोसिएन, ललितपुर जिल्ला कमिटीको संयोजकमा स्वयेम्भुराज डंगोल र सह-संयोजकमा अच्युत खनाल, कृष्ण गोपाल डंगोललाई तोकिएको छ।
पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा.गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल र संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थितिमा उक्त जिम्मेवारी तोकिएको हो।
त्यस्तै जिल्ला कमिटी अध्यक्ष हरी थापालगायतको उपसथिती थियो भने रिटर्नी एशसिएसनको महासचिव दिपेश सिञ्जाली मगरकोसमेत उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टी उपमहासचिव डा.तुलाधरले युवा शक्ति रोक्न जरुरी रहेको बताउनु भयो। उहाँले युवा पलायनको अवस्था डरलाग्दो भएको बताउदै यसको लागि पार्टी र सरकारले उचित कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै संगठनका अध्यक्ष पौडेलले विदेशमा पढेर, विभिन्न तहमा रहेर वा काम गरेर फर्किएका युवाहरु समेटेर अगाडि बढ्ने बताउनु भयो। उहाँले रिटर्निको ज्ञान शिप र पूँजीलाई उत्पादनमा जोडेर युवा पलायन रोक्न सकिने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो,‘यदी युवा पलायन रोक्न बेलैमा सोचिएन भने देशमा अन्य भौतिक विकासको कुनै औचित्य रहँदैन। यो सबै खण्डहरमा परिणत हुन सक्ने अवस्था आउन सक्छ। अहीले सरकारलगायत गैरसरकारी निकायले रिटर्निलाई पुन:स्थापना कार्यक्रम राखेता पनि पर्याप्त रहेको छैन। यसलाई थप व्यवस्थित गर्नुपर्नेमा म जोड दिन चाहान्छु।’