काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको ११औं सचिवालय वैठक सम्पन्न भएको छ।
यही फागुन ५ र ६ गते प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा उक्त वैठक सम्पन्न भएको पार्टीको प्रदेश प्रचार विभाग प्रमुख वशन्तकुमार विश्वकर्माले जानकारी दिनुभएको छ।
नेता विश्वकर्माका अनुसार पार्टीका महासचिव घनश्याम भुसालको प्रमुख आतित्थ्यता, उपमाहसचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वालाको विशेष आतिथ्यता र अम्मर वहादुर थापाको अध्यक्षतामा वैठक सम्पन्न भएको हो।
त्यस्तै वैठकमा प्रदेश सहइन्चार्ज चन्द्रबहादुर शाही, शेरबहादुर के.सी. र हंश बहादुर शाहीलगायत सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो। सचिवालय वैठकबाट पारित निर्णयहरूलाई तपशिल बमोजिम सार्वजनिक गरिएको छ।
वैठकले आगामी २०८१ जेठ ३ देखि ७ गतेसम्म सम्पन्न हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई सफल पार्न गर्नु पर्ने तयारीका विषयमा महत्वपूर्ण निर्णयहरु गरिएका छन्।
१. कर्णालीका २४ वटा प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाई केन्द्रीय कमिटी सदस्यबाट मुख्य अभियानकर्ता र केन्द्रीय निकाय एवं प्रदेश कमिटी सदस्यहरुलाई सह अभियानकर्ता बनाई २ महिने संगठन तथा सदस्यता विस्तार अभियानमा खटाउने निर्णय गरिएको छ।
२. अभियानलाई सफन बनाउन पार्टीका उपमहासचिव तथा प्रदेश इन्चार्ज क.प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय प्रदेश अनुगमन समिति गठन गरिएको छ।
३. यही फागुन १५ गतेभित्र जिल्ला कमिटीका वैठक बसी संगठन तथा सदस्यता विस्तार अभियान सम्वन्धी कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
४. सवै पालिका कमिटीहरुले फागुन मसान्तसम्म सदस्यता नविकरण र विस्तार सम्वन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रदेशलाई रिर्पोट पठाउनु पर्नेछ।
५. यही चैत्र ३ गते देखि मसान्तसम्म जिल्ला, पालिका र जनप्रतिनिधिहरुको प्रशिक्षण, अधिवेशन सम्वन्धी कार्यहरु गरिनेछन। सचिवालय वैठकले भरखरै सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनवारे समिक्षा गर्दै पार्टी संगठनलाई बलियो बनाउन एकताबद्ध रुपमा क्रियाशिल हुने निर्णय गरेको छ।