काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सुनसरी-काठमाडौँ सम्पर्क मञ्चको चौधौ सम्मेलन सम्पन्न भएको छ।
शनिबार सम्पर्क मञ्च, आयोजक कमिटी संयोजक रमेश आचार्यकाअनुसार १४औं सम्मेलन सम्पन्न भएको हो। सम्मेलनलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको थियो।
उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा सम्पर्क विशेष प्रदेश कमिटी इन्चार्ज विजय गुरुङले सम्बोधन गर्नुभएको थियो।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पार्टी केन्द्रीय सदस्य तथा कोशी प्रदेश इंचार्ज अम्बिका थापा र सम्पर्क विषेस प्रदेश कमिटी उपसचिव केशर अधिकारीले सम्बोधन गर्नुभयो।
त्यस्तै अतिथिको रूपमा केन्द्रीय परिषद सदस्य दुर्गाप्रसाद आचार्य, सम्पर्क विशेष प्रदेश कमिटी सदस्य बाबुराम खडका, प्रदेश कमिटी उपसचिव टेक ब गुरुङ र खोटाँग-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष अर्जुनभक्त राईले सम्बोधन गर्नुभयो।
उद्घाटन सत्रको समापन सम्मेलन आयोजक कमिटीका अध्यक्ष रमेश आचार्यले बन्द सत्रका लागि केशर अधिकारीको अध्यक्षतामा दुर्गा आचार्य र बाबुराम खड्का सदस्य रहने गरी तीन सदस्यीय अध्यक्ष मण्डल घोषणा गर्दै आयोजक कमिटी विघटन भएको घोषणा गर्नु भयो।
त्यसै गरी बन्द सत्रमा निवर्तमान अध्यक्ष रमेश आचार्यले प्रस्तुत गर्नु भएको राजनीतिक तथा संगठनिक प्रतिवेदन र कोषाध्यक्ष रमेश दाहालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पास भयो र निर्वाचन प्रक्रिया बाट निर्विरोध भीम भुजेल अध्यक्ष भोजराज घिमिरे उपाध्यक्ष रमेश दाहाल, सचिव विभूषणजंग पौडेल र सुनीलबाबु केशी उप सचिव, सुमन अधिकारी कोषाध्यक्ष सदस्यहारूमा सूर्य राई, हरी ब श्रेस्ठ, जेनेश श्रेस्ठ, अम्बिका सुब्बा, सबीना पराजुली, सौरब आचार्य, मुनिराज कोईराला, तबरेज आलम अन्सारी, आतिफ अहमद, मञ्जु पोखरेल कोईराला, कुमारी महत, बिकाश यादव, अनामिका सुब्बा गरी १९ सदस्यिय कमिटी निर्वाचित भयो। नवनिर्वाचित कमिटीलाई कोशी प्रदेश सम्पर्ककमिटी इन्चार्ज अम्बिका थापाले शपथग्रहण गराउनु भयो।