काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको सचिवालय वैठक सम्पन्न भएको छ।
शुक्रबार प्रदेश राजधानी दाङको भालुवाङमा वैठक सम्पन्न भएको हो। प्रदेश कमिटीका उपसचिव अब्दुल हुसेन खानकाअनुसार वैठकमा जिल्लागत रूपमा जिल्ला कमिटी अध्यक्ष र केही इन्चार्जहरूले रिपोर्टिङ गर्नु भएको थियो।
त्यस्तै मोर्चा संगठनका तर्फबाट उपसचिव खानले रिपोर्टिङ गर्नु भएको थियो। २२ वटामध्ये १६ वटा मोर्चा संगठनहरूले गत मंसिर र पुसमा भेला वैठक सम्पन्न गरेको उपसचिव खानले जानकारी दिनुभयो।
उपसचिव खानले भन्नुभयो, ‘मंसिर र पुसमा मोर्चा संगठनको भेला र वैठक सम्पन्न भएका छन्। त्यस्तै विभिन्न जिल्लामा पनि वैठक र भेलाहरू भएका छन्। आजको वैठकमा खाजगरी पार्टी केन्द्रले पठाएको सर्कुलरलाई कार्यान्वयन गर्ने, आगामी महाविधवेशनको तयारीमा जुट्ने र त्यसका लागि सम्पूर्ण कमिटीको आगामी फागुनसम्म अध्यावधि गरिसक्ने र चैत २५ सम्म थप समिक्षा गरेर अध्यावधिको काम पुरा गर्ने निर्णय गरेका छौं। साथै नयाँको सिफारिससमेत गर्ने भनेर निर्णय भएको छ।’
प्रदेश कमिटी अध्यक्ष सोम पाण्डेको अध्यक्षता एवं पार्टी केन्द्रीय सचिव तथा लुम्बिनीका इन्चार्ज हरि पराजुलीको प्रमुख आतित्थ्यतामा सम्पन्न सचिवालयको वैठकले कार्यविभाजन, जनसंगठनको इन्चार्ज, पालिकाको इन्चार्ज तोक्ने, विभागको जिम्मेवारीकमा हेरफेर, ७ जना नेतालाई सचिवाय सदस्यमा चयन र ९ जना नेतालाई प्रदेश कमिटीमा चयन गरेको छ। पार्टी प्रदेश कार्यालय भालुवाङमा सञ्चालन गर्ने निर्णय गरेको उपसचिव खानको भनाई छ।
विशेष अतिथिमा पाटीका पोलिटब्यूरो सदस्य एवं प्रदेश कमिटी सहइन्चार्ज निर्मल सुवेदी र पूर्वमन्त्रीसमेत रहनु भएका पोलिटब्यूरो सदस्य मेटमणी चौधरी, त्यस्तै केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर केसी अतिथिका रुपमा उपस्थिति रहेको थियो।