पर्सा। समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ।
केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा बसेका बैठक महासचिव रामकुमार एलनले सञ्चालन गर्नुएको थियो। बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष बालगोपाल थापा र वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीको आतिथिको रुपमा उपस्थिति रह्यो।
पत्रकार महासंघको सदस्यताका सन्दर्भमा सम्पूर्ण विषयको समन्वय गर्ने जिम्मा अध्यक्ष सुवेदीको संयोजकत्वमा उपाध्यक्ष नवराज छतकुली, महासविच एलन, कोषाध्यक्ष कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउद रहने गरी विशेष कमिटी चयन गरिएको छ।
त्यस्तै पदाधिकारी वैठकले विद्यावारीका क्रममा चीनमा रहनु भएका संगठनका उपाध्यक्ष तेजप्रसाद वाग्लेले दिनुभएको राजीनामा स्वीकृत गरेको छ। वाग्लेको स्थानमा उपाध्यक्ष (एसोसिएट्स÷प्रतिष्ठान ) सविन शर्मा, ललितपुर, वातावरणमा पत्रकार समूह, केन्द्रीय अनुशासन आयोगको संयोजक (हरि जोशी, कैलाली, केन्द्रीय सदस्य( नन्दराम जैसी, जुम्ला, केन्द्रीय सदस्य जीवन हमाललाई चयन गर्नु गरिएको छ।
वैठकले सहाना प्रधान स्मृति पत्रकारिता पुरस्कार, वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार र डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कारको नाम अनुमोदन गरेका छ्। साथै बैठकले पत्रकार महासंघको निर्वाचनका क्रममा प्रदेश र जिल्लास्तरका सम्पूर्ण नीति र निर्णय प्रदेश कमिटीको बैठकले तय गरे बमोजिम हुनेछ।