काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), केन्द्रीय स्कुल विभागको आयोजनामा आठदिने आवासिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
माघ ३ गतेदेखि १० गतेसम्म भक्तपुरको नगरकोटमा उक्त आवासिय प्रशिक्षण कार्याक्रम सम्पन्न भएको हो। पार्टी उपाध्यक्ष एवं विभाग प्रमुख प्रमेश हमालको अध्यक्षतामा सम्पन्न भएको उक्त आवासिय कार्यक्रममा २० जनाभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले वैचारिक तथा सैद्धान्तिक विषयमा विचार प्रस्तुत गर्नु भएको पार्टीका केन्द्रीय सदस्य एवं विभाग सचिव अशेष घिमिरेले जानकारी दिनुभयो।
सचिव घिमिरेकाअनुसार आवासिय प्रशिक्षण कार्यक्रममा २२ वटा कक्षा सञ्चालन भएका थिए। जसमा ४९ वटा विषयमा छलफल गरिएको थियो। मार्क्सवादी सिद्धान्त, साम्राज्यवाद, पूँजिवाद, निजि र सार्वजिनक पूँजि, वामपन्थिबीचको ध्रुविकरण, वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति लगायतका गहन विषयमा सघन बहस भएको नेता घिमिरेको भनाई छ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा उद्घाटन गरिएको उक्त आवासिय प्रशिक्षण कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष एवं विभाग प्रमुख हमाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय कुमार पौडेल, जगन्नाथ खतिवडा, स्थायी कमिटी सदस्य तथा किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, सावित्रा भुसाल, पार्टी पोलिट्ब्यूरो सदस्य गणेश विक, केन्द्रीय सदस्य तथा विभाग सचिव घिमिरे, केन्द्रीय सदस्य तथा किसान महासंघका महासचिव प्रमेश पोखरेल, मार्क्सवादी चिन्तक गोपीरमण उपाध्याय, प्रा.डा.खग्रेन्द प्रसाई, विभाग सदस्यहरू अचल पाण्डे, हिरेन्द्र शाहीलगायतले प्रशिक्षण दिनुभएको थियो।
त्यस्तै अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त वामपन्थी नेता, विश्लेषक विजयप्रसाद र प्रा.डा.होङलेसमेत प्रशिक्षण दिनु भएको थियो। विभाग सचिव घिमिरेका अनुसार २ वटा प्यानल छलफल गरिएको छ। पार्टीका पोलिटब्यूरो सदस्य गशेण विकको सहजिकरणमा 'वामपन्थी एकता' बारे छलफलमा माओवादी केन्द्रका महासचिव देव गुरूङ र जनता समाजवादी पार्टी शीर्ष नेता राजेन्द्र श्रेष्ठले भाग लिनु भएको थियो । त्यस्तै 'सामाजिक आन्दोलन र वर्ग संघर्ष' विषयमा हिरेन्द्र शाहीको सहजिकरणमा पार्टी उपाध्यक्ष जयन्ती राई, पोलिटब्यूरो सदस्य प्रेमल खनाल र विष्णु लम्सालले भाग लिनु भएको थियो।
प्रशिक्षणको समापन कार्यक्रममा पार्टी अध्यक्ष नेपालले प्रशिक्षणमा सहभागि ४५ जना नेता कार्यकर्तालाई प्रमाणपत्र प्रदान गर्नुभएको सचिव घिमिरेले जानकारी दिनुभयो।
सातवटा समूहमा विभाजित आवासिय प्रशिक्षण गतिविधि विस्तृतमा
पहिलो दिन
प्रशिक्षण सम्बन्धि अभिमुखीकरणः क. प्रमेश हमाल
१. समसामयिक राजनीति तथा नेपालको कम्युनिस्ट आन्दोलन उपलब्धी र चुनौतिः क. माधवकुमार नेपाल
२. समुह निर्माण तथा जीवनी अध्ययनः सामुहिक कार्य र समुह प्रस्तुति (मार्क्स, लेनिन, रोजा, माओ, चे ग्वेभेरा, होचिमिन्ह, पुस्पलाल)
केन्द्रीय पार्टी स्कुल २०८०, दोस्रो दिन ।
दोस्रो दिन
१. मार्क्सवादबारे आधारभुत कुराहरूः क. प्रमेश हमाल
२. ऐतिहासिक भौतिकवादः क. गोपीरमण उपाध्याय
३. द्वन्द्वात्मक भौतिकवादः क. बेदुराम भुसाल
४. द्वन्द्ववादका प्रवर्गहरुः सामुहिक अध्ययन, समुह प्रस्तुति
५. बदलिंदो बिस्वव्यवस्था (साम्राज्यवाद त्योबेला, साम्राज्यवाद योबेला)- डा. खगेन्द्र प्रसाईं
तेस्रो दिन
१. कम्युनिस्ट घोषणापत्र र आजको पुंजिवादः क. अशेष घिमिरे
२. संगठनात्मक सिद्धान्तः क. साबित्रा भुसाल
३. थेसिस अन फायरबाखः (सामुहिक अध्ययन, समुह प्रस्तुति)
४. नेपालको कमुनिस्ट आन्दोलनः विगत वर्तमान र भविष्य (क. झलनाथ खनाल)
चौथो चौथो
1. नेपालमा दलाल पुंजिवादः क.डा. विजय कुमार पौडेल
२. विभिन्न कम्युनिस्ट पार्टी र समाजवादी मोर्चाको दस्तावेज अध्ययन (सामुहिक अध्ययन, समुह प्रस्तुति)
३. वामहरूबीचको एकता र सहकार्य (प्यानल डिस्कसनः क. प्रमेश हमाल, क. देव गुरूङ, क. राजेन्द्र श्रेष्ठ, मोडरेसन क. गणेश बिके)
४. नेपालको समाजवादी रूपान्तरणः रणनीति र कार्यनीति (क. घनश्याम भुसाल)
पाचौं दिन
१. विपद् व्यवस्थापन र समाजवादः क. डा. गंगालाल तुलाधर
२. सामाजिक आन्दोलन र वर्ग संघर्ष (प्यानल छलफल)- क. जयन्ती राई, क. प्रेमल खनाल, क. विष्णु लम्साल, मोडरेटर- क. हिरेन्द्र शाही
३. विभिन्न राजनीतिक दलको दस्तावेज अध्ययनको समुह प्रस्तुती
४. अर्थराजनीतिको परिचयः क. अचल पाण्डे
५. वर्ग विश्लेषणको परिचयः क. अशेष घिमिरे
६. नेपाली समाजको वर्ग विश्लेषणको समुह प्रस्तुती
छैटौं दिन
१. खाद्य संप्रभुताबारेः क. बलराम बास्कोटा
२. समकालिन पुंजिवादबारे (डेभिड हार्बे, विवेक चिब्बर, हा जुन चाङको पुस्तकमा आधारित) सामुहिक छलफल र प्रस्तुति
३. समाजवादका लागि कृषि रूपान्तरण: क. प्रमेश पोखरेल
४. भुराजनीतिको परिचय: क.हिरेन्द्र शाही
५. तीनै तहका सरकारमा समाजवादी विकासका प्रयत्नबारे: क.राजेन्द्र पाण्डे
६ं. लेनिनवादः साम्राज्यवाद र यसविरूद्धको लडाईं: क. विजय प्रसाद
सातौं दिन
१. एसीयाली भुराजनीति र नेपालको राष्ट्रिय सुरक्षाः क. जगन्नाथ खतिवडा
२. सरकारमा उपलब्धी र संघर्षः क. प्रकाश ज्वाला
३. चिनीयां विशेषताको समाजवाद र चिनीयां कम्युनिस्ट पार्टीः प्रोफेसर होङ
४. विभिन्न ठाऊंमा विभिन्न रूपमा संचालित समाजवादी प्रयत्न र संघर्षबारे समुह अध्ययन र प्रस्तुति (बेलायत, अमेरिका, क्युवा, भेनेजुएला, ग्रेनेडा, अरब क्षेत्र र चिली) पछिल्लो कालका संघर्षहरू
५. नवउदारवाद र यसका दार्शनिक आधारः क. डा. कृष्ण पन्त
६. भुमिसुधारमा नवउदारवादको प्रभावः क. गणेश विश्वकर्मा
आठौं दिन
१. समग्र विषयको रिभिजन (प्रमेश हमाल, अशेष घिमिरे)
२. लिखित परिक्षा
३. समापन समारोहमा हरेक सहभागीको धारणा प्रस्तुत
४. समापन मन्तव्य: अध्यक्ष क. माधवकुमार नेपाल पार्टी