काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट युवा सघ नेपाल, प्यूठानका अध्यक्ष कमल घर्ती मगरमाथि सांघातिक आक्रमण भएको छ।
गत पुस २९ गते राती राजनीतिक प्रतिशोधका आधारमा अध्यक्ष घर्तीमाथि आक्रमण भएको युवा संघका निवर्तमान उपाध्यक्ष नितेश पौडेलको भनाई छ। नेता पौडेलकाअनुसार गत पुस २९ गते राती घर्तीमाथि राजनीतिक प्रतिशोध साध्ने कुनियतका साथ सांघातिक आक्रमण भएको हो।
नेता पौडेलेले सोमबार सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘प्युठान जिल्ला गौमुखि गाउँपालिकाको गौमुखिमा आयोजित धार्मिक तथा साँस्कृतिक पर्व मक्कर संक्रान्ती मेला अवलोकन र स्नान गर्दा मनका कामना पूरा हुने जनविश्वास छ। प्रत्येक वर्ष हजारौं भक्तजनरू पौष अन्तिम दिन उक्त स्थानमा भेला हुने हामी सबैलाई जानकारी नै छ। तसर्थ युवा संघ नेपालको प्युठान जिल्ला कमिटी अध्यक्ष कमरेड कमल घर्तीमगर २०८० पौष २९ गते उक्त साँस्कृतिक तथा धार्मिक मेलाको अवलोकन तथा स्नान गर्न गयराति उक्त स्थानमा जानुभएको थियो। हाम्रो पार्टीका अत्यन्तै लोकप्रिय, जझारु, सामजसेवी व्यक्तित्व तथा युवा संघ नेपाल प्युठान जिल्ला कमिटी अध्यक्ष र युवानेता क कमल घर्ती मगरमाथि राजनीतिक प्रतिशोध कारण कायरहरुद्वारा बाटो ढुकेर गरेको संघातिक आक्रमणको घोर भत्सर्ना र निन्दा गर्दछौ, घाईते कमरेड कमल घर्तीमगरलाई शिघ्र स्वास्थ्य लाभका कामना।’
नेता पौडेले अगाडि लेख्नु भएको छ, ‘यस्ता हमलाबाट नेकपा (एकीकृत समाजवादी) पार्टी तथा जनसंगठन युवा सघ नेपालको कुनै पनि कार्यकर्ताको गतिलाई रोक्न छेक्न सकिन्न र कसैले पनि रोक्ने चस्टा नगरे हुन्छ। हामी देशमा भएको भ्रष्टाचार, रूडिवादी, पछौटेपन, व्यरोजगारी, युवाहरूको सामुहिक निम्ति प्रगतिशील दृष्टिकोण साथ अगाडि बडिरहका छौं। तर, यसका विरूद्ध हुनेहरू हाम्रा विरूद्ध छन्। यो सबै हामीलाई थाहा छ। यस घटनामा संलग्न र योजनाकारलाई यथा शीघ्र छानविनको दायारमा ल्याएर कडा भन्दा कडा कार्वाही गर्न जिल्ला प्रशासन प्युठानलाई अनुरोध गर्दछौं।’