काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सर्लाही-काठमाडौँ सम्पर्क मञ्चको १३औं सम्मेलन सम्पन्न भएको छ।
गत शनिवार सम्पर्क विशेष प्रदेश कमिटीको सभाकक्ष, शान्तिनगर काठमाडौँमा उक्त सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा प्रमुख अतिथि पोलिटब्युरो सदस्य एवं सम्पर्क विशेष कमिटीका इन्चार्ज विजय गुरुङ हुनुहुन्थ्यो।
अतिथिहरुमा केन्द्रीय कमिटी सदस्य गोमा विष्ट, केन्द्रीय निर्वाचन आयोगका सदस्य विक्रम मैनाली, सम्पर्क विशेष प्रदेश कमिटीका उपसचिव केशर अधिकारी, अनेरास्ववियूका अध्यक्ष आरती लामा, मधेश प्रदेश सम्पर्क कमिटी अध्यक्ष बेदनाथ कोइराला, सदस्यहरु नारद लुईटेल, सन्तोष थापा हुनुहुन्थ्यो।
सम्मेलनको बन्दसत्रले शुभद्रा सिवु अधिकारीको नेतृत्वमा उपाध्यक्ष कल्याणी प्रसाई, सचिवमा मोहमद अबरार मिकरानी, उपसचिव अनेस्टी मिश्र, कोषाध्यक्षमा अनिल लामालाई चयन गरिएको छ।
त्यस्तै संगठनको सदस्यहरूमा वाजीद मिकरानी, मिम्मा लामा, सजना प्रसाई, किरण गुप्ता, आस्मा कुमारी र पपुसा लामासहित ११ सदस्यीय कमिटी चयन गरिएको हो।
प्रमुख अतिथि गुरुङले सपथ ग्रहण गराउनु भएको उक्त सम्मेलनमा गोमा विष्ट, केशर अधिकारी, आरती लामा, बेदनाथ कोइरालाले शुभकामना मन्तब्य राख्नु भएको थियो।