काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा.विजय पौडेलले अर्थतन्त्र सुधारका निम्ति निरन्तर प्रयास भइरहेको बताउनु भएको छ।
शुक्रबार पार्टीको केन्द्रीय पर्यटन विभागको आयोजनामा ‘समाजवादी अर्थ व्यवस्थामा पर्यटन उद्योग’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव डा.पौडेलले उक्त कुरा बताउनु भएको हो।
विभाग प्रमुख एवं वागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्वाद कार्यक्रमका प्रमुअ अतिथिसमेत रहनुभएका पौडेलले भन्नुभयो, ‘हामीले नेपाली अर्थतन्त्र सुधारका निम्ति सरकारका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गर्ने काम गरेका छौं। त्यस्तै वर्तमा अर्थतन्त्र संकटका कारणको खोजिमा हामीले तराई केन्द्रीय समाजवादी जागरण अभियान सञ्चालनसमेत गरेका थियौं।’
उपमहासचिव पौडेलले अगाडि भन्नुभयो, ‘हामीले उक्त अभियानका क्रममा जे भेट्यौ, ति सबै राष्ट्रका समस्या हुन्। हामीले उठाएको समृद्धि, रोजगारी र सुशासनको मुद्धा राष्ट्रका मुद्धा हुन्। हाल देशको अस्तव्यस्त अवस्थालाई समाधान गर्ने हामीसँग स्पष्ट दृष्टिकोण भएन। २०४६ देखिपछि लामो समयदेखि कांग्रेस सत्तामा रह्यो र उसले पूँजिवादलाई प्रसय दियो। आज हामीले रोजगारी बृद्धि कसरी गर्न सक्छौं, बजारिकरणलाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर उपाय खोज्नुपर्ने बेला छ।’
त्यस्तै उपमहासचिव पौडेलले आगामी महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ४० वर्षमूनिका ४० प्रतिशन युवा नेताहरू आउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘मुलुकलाई समृद्ध बनाउने दृष्टिकोण चाहिन्छ। इच्छाशक्ति चाहिन्छ। जोश जागर चाहिन्छ। त्यसैले आगामी महाधिवेशनबाट पार्टीमा युवाहरू बाहुल्यता हुनुपर्छ भन्नेमा छु।’
संगठनका सचिव कृष्णहरी खत्रीकाअनुसार कार्यक्रममा पार्टीका सचिव एवं पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, डा. चन्द्रमणी अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा लगायतले संवादमा भाग लिनु भएको थियो।