काठमाडौँ। पर्साको वीरगंज महानगरपालिकाका प्रसिद्ध व्यवसायी बाबुलाल चाचान नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ।
सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले व्यवसायी चाचानसहित सयभन्दा बढी स्थानीय नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नु भएको हो।
परवानीपुर गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच सयभन्दा धेरैको सहभागिता रहेका थियो। परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनिल कुमार साहको नेतृत्वमा नेपाल रिटर्नी एशोसियसनको बारा जिल्ला कमिटी गठनसमेत गरिएको छ।
त्यस्तै सोमबारै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्साद्वारा आयोजित कार्यक्रममा पनि विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरूले एकीकृत समाजवादी रोज्नु भएको छ।
वीरगंजका व्यवसायी कुन्दन रौनियारको नेतृत्वमा विनोद गुप्ता, संतोष गुप्ता, रुपक सर्राफ, रवि रौनियार, मदन रौनियार, राजु साह, लक्की रौनियार, अरमेन्द्र चौरसिया, रणजित कर्ण, विकाश रौनियार, राकेश केशरीलगायतले एकीकृत समाजवादी रोज्नु भएको हो।
यसैगरी वीरगंज २९ का मधुप्रसाद महतो, अविनाश महतो, पवन कुमार मण्डल, सूर्य महतो, वीरगंज १६ का रंजित साह कलवार, संदिप पटेल, विकी पटेल, वीरगंज २१ का हेमन्त चौहान, विवेक मुखिया, विजय यादव, वीरगंज ११ का अर्जुन जयसवाल, उदय सर्राफलगायतकाले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नु भएको आयोजकले जनाएको छ।
एकीकृत समाजवादी पर्सा जिल्ला कमिटीअध्यक्ष बाल गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री नागेन्द्र चौधरी, पार्टीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, सरला यादव, पुष्पा कर्ण, चिरन्जीवी अचार्य, दिनेश राई, लेखा समिति सदस्य किशोरी कुशवाहा, पर्सा जिल्ला उपाध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवनानलगायतको उपस्थिती रहेको थियो।