काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) चाँगुनारायण नगर कमिटी भत्तपुरले तीन दिने घरदैलो अभियान सुरु गरेको छ।
नगरकमिटी अध्यक्ष अञ्जना पोखरेलको नेतृत्व एवं प्रमुख आतित्थ्यतामा नगरको वडा नम्बर ४ बाट घरदैलो उक्त अभियानको सुरुवात गरिएको हो। वैठकमा क्रममा स्थानीय युवाहरूले केही जनगुनासा गरेका छन्।
जिल्ला कमिटी सदस्य दुर्गा बहादुर केसी र नगर सचिव शिबराम दुलालसहितको टोलीले घरदैलोमा पुगेर जनताका समस्या, गुनासा र आलोचना सुन्नु भएको छ। साथै जनजीविकाबारे नेताहरूले जानकारी टिपोर्ट गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।
घरदैलो अभियानमा सोही कमिटी अध्यक्ष समीर खनाल, प्रदिप राई, सह-सचिव रिना खड्का, सदस्यहरू कान्छा भडेल, पुष्पराज खनाल, संगिता दमाई, साजन भडेल, सुरेश गुरुङ, लक्ष्मण थापा, कविता लामिछाने, कैलाश बुर्लाकोटी, केशन पौडेल, अनिता केसीलगायतका स्थानीय नेताहरुको उपस्थिति रहेको छ।
यहि पुस ४ गते बसेको नगरकमिटीको वैठकले निर्णय गरेअनुसार शुक्रबारदेखि घरदैलो अभियान सुरुवात गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो। जिल्ला कमिटी भक्तपुरको निर्देशनअनुसार नगरका ९ वटा वडामा घरदैलो अभियान पुस महिनाभरी सञ्चालन गरिने छ।