काठमाडौँ। समाजवादी प्रेस संगठन, नेपालले आशन्न राष्ट्रियसभा निर्वाचनका निम्ति संगठनको तर्फबाट १२ जना नेताहरूको नाम सिफारिस गरेको छ।
आइतबार पार्टी कार्यालय अलोकनगर काठमाडौँमा संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको टोलीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सिफारिस पत्र बुझाएको हो।
पत्रकारिता र आमसञ्चारको क्षेत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सहभागि भएर महत्त्वपूर्ण भूमिका खेलेका १२ जना पत्रकार नेताहरूको नाम सिफारिस गरिएको संगठनका महासचिव रामकुमार एलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा श्रमजीवी पत्रकार तथा सञ्चार श्रमिकहरुको हितका पक्षमा प्रेस कानूनहरूको आवश्यकता छ। सञ्चार क्षेत्रको नियमन, यसको प्रभावकारिताका निम्ति विभिन्न कानूनको निर्माण तथा मर्यादित पत्रकारिताको विकासका निम्ति यसक्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका विज्ञलाई राष्ट्रियसभा सदस्य बनाउन आवश्यक छ। राष्ट्रियसभा आफैमा विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर गठन गरिने अवधारणका साथ स्थापित भएको संघीय संसदको एउटा महत्वपूण अंग हो।’
संगठनका संस्थापक अध्यक्ष शुम्भ श्रेष्ठ, संस्थापक किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चुम्जोङ, राममाया भट्टारई (चमिना), भरतराज पोखरेल, शिलत साह, विश्वमणी सुवेदी, जीवन बिसी, भीम रसाईली, हेमकर्ण विश्वकर्मा, प्रतिज्ञा बुढा मगरलाई संगठनले राष्ट्रियसभाका निम्ति सिफारिस गरेको छ।
संगठद्वारा जारी विज्ञप्ति हेर्नुहोस्