काठमाडौँ। नेपाल (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले नेपालको विकासलाई युरोपको विकाससँग जोड्ने नमिल्ने बताउनु भएको छ।
सोमबार सगरमाथा टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम सगरमाथा विशेषमा बोल्दै नेता अर्याले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘मान्छेहरूमा गुनासा छन्। अपेक्षा निक्कै उच्च छ। यो एक प्रकारले स्वभाविक पनि छ। हिजोका दिनमा हाम्रो समाज निक्कै असहज पस्थितिमा थियो। आज केही भिन्नता छ।'
नेता अर्याले अगाडि भन्नुभयो, ‘ हाम्रो देशको विकास, समृद्धि, उद्योग कलकारखाना स्थापनाको विषयलाई लिएर युरोपसँग जोडेर हेर्न मिल्दैन। तर, हेरिरहेका छन्। किन भन्दा युरोप अमेरिका नेपालीहरुका लागि टाढा भएन। मोबाइलमा सारा छ। हामीले एकैचोटी देशलाई विकसित देशसँग तुलना गरिरहेका छौं। यो मिल्ने कुरा होइन। हाम्रो तुलना हामीसँगै जोडेर हेर्नुपर्छ। आजभन्दा ३० वर्ष पहिले हाम्रो समाज, विकास, बाटो, संचार कहाँ थियो, कसरी बाँचिरहेका थियौं, ति कुरालाई हेर्नुपर्छ।'
भौगोलिक अवस्थितिका कारण नेपालले तीव्र रुपमा विकास गर्न नसकेको नेता अर्यालको दाबी छ। उहाँले भन्नुभयो, ‘हाम्रो तुलना दक्षिण कोरियासँग पनि हुँदैन। हाम्रो देशको भौगोलिक अवस्थिति कस्तो छ? हामी समुन्द्रसँग जोडिएका छैनौं। हाम्रोमा एक किलो मिटर सडक निर्माण गर्दा कति रकम खर्च हुन्छ ? दक्षिण कोरियालाई त्यहि एक किलोमिटर सडक निर्माण गर्न कति पैसा लाग्छ? हामीले त्यसको पनि हेक्का राख्नुपर्छ।’
भिडियो हेर्नुहोस्
सरकारको काम प्रभावकारी, ५ वर्ष टिक्छ, बोल्न प्रतिबन्ध लगाएपछि ओलीसंग नाता टुट्यो, अब एकता हुँदैन (youtube.com)