काठमाडौँ। राष्ट्रिय जनसाँस्कृतिक महासंघ, समाजवादी अन्तरगत जनसाहित्य मञ्चको आयोजनामा सडक साहित्य तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार भक्तपुरको दत्तात्रयमा सम्पन्न कार्यक्रममा एक दर्जनभन्दा धेरै साहित्यक सर्जकहरूले रचना बाचन गर्नु भएको थियो। संगठनका केन्द्रीय अध्यक्ष कृपाराम शर्मा धमलाको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्मन्न भएको हो।
धमलाकाअनुसार सर्जकहरूले जनताको साहित्यलाई केन्द्र भागमा राखेर वाचन गरिएको थियो। मञ्चका अध्यक्ष डा.राजेन्द्र कोजुको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्लाका सह-इन्चार्ज ओमचरण अमात्य, भक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्याम बस्नेत, संगठनका महासचिव ऋषी अधिकारी, कोषाध्यक्ष कमला न्यौपाने, केन्द्रीय सदस्य तथा जन संगीतका अध्यक्ष कृष्ण विक आँसु र सचिव मिनाश्री लुङ्गेली, सामाजिक संस्कृती अध्ययन मञ्चका अध्यक्ष न्युक्ष बहादुर धुकुचुलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा महासचिव अधिकारी, केन्द्रीय सदस्य रमेश कार्की, कृष्ण विक, भद्र वली, मिनाश्रीलगायतले साँस्कृतिक प्रस्तुत गर्नु भएको थियो। त्यस्तै सरोज दिलु वि.क., सुशिला शर्मा छन्दविज्ञ निरौला, रमेश श्रेष्ठलगात एक दर्जन साहित्यकारले रचना वाचन गर्नु भएको थियो। जन साहित्य मञ्चकी महासचिव उर्मिला कुँवरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
तस्बिरः लेखनाथ सिकारू