काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर हिल्सासिमिकोट सडक योजना अन्तरगत सल्लिसल्लामा निमार्ण भएको बेलीबृज उद्घाटन गर्नुभएको छ।
शुक्रबार मन्त्री ज्वालाले उक्त पुल उद्घाटन गर्नुभएको हो। साथै उहाँले आउँदो वैशाखभित्रै हुम्लाको सिमिकोटलाई कर्णाली करीडोरसँग जोड्नेगरी काम गर्न निर्देशनसमेत दिनु भएको छ।
दुर्गम हुम्लाको सिमकोटलाई तत्काल कर्णाली करीडोरसँग जोड्ने गरी काम गर्न मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ। बाजुरा, हुम्ला, मुगु र कालिकोटलाई समेट्ने गरी निमार्ण हुन लागेको कर्णाली करीडोरलाई आर्थिक वर्ष भित्रै निमार्ण गर्न मन्त्री ज्वालाले निमार्ण व्यवसायीलाई निर्देशन दिनुभएको हो।
उत्तर, दक्षिण, व्यापारीक मार्ग विस्तार आयोजनाको खुलालु सलिसल्ला सडक योजनाको कार्यालय उद्धघाटन गर्न आज कोल्टी पुग्नुभएका मन्त्री ज्वालाले सडक निमार्ण, स्तर उन्नति र पुल निमार्णको कामलाई ढिला सुस्ती गर्न नहुने बताउनुभयो। उहाँले वाहै्र महिना सडक नियमित सुचारु गर्न र आउदो वैशाख भित्रै हुम्लाको सिमिकोट सम्म गाडी पुर्याउनका लागि सेवा विस्तारको कामलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो।
दुर्गम क्षेत्रका नागरीकलाई तत्काल सुविधा दिन चाडो भन्दा चाडो सडक र पुलको निमार्ण कार्य सक्न निर्देशन दिनुभयो। सरकारका तर्फबाट रकमको अभाव नहुने बताउँदै उहाँले निमार्ण व्यवसायीलाई गुणस्तर र दिगोपनासँगै प्रभावकारी काम गर्न सुझाव दिनुभएको छ।
राष्टिय गौरवको आयोजना निमार्णका लागि आवश्यक्ता अनुसार वजेटको ब्यवस्थापन गरी ठेक्का लगाउन सकिने बताउनुभयो। खुलालुदेखि सिमिकोट सम्मको सडक खण्डमा ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोल्ने र डेण्डर आह्वान गरी सडक निमार्ण हुने बताउनुभयो। थप रकमको ब्यवस्थापन गरी कर्णाली करीडोरको अफ्ठयारो ठाउँको सडक निमार्णको जिम्मा नेपाली सेनालाई दिनेसमेत बताउनुभयो। साथै मन्त्री ज्वालाले कोल्टी, मार्तडी अन्तरगत पर्ने सडक खण्डमा बेलीबृज निमार्णका लागि मन्त्रालयबाट वजेट स्वीकृत भईसकेको बताउनुभयो।