काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), चाँगुनारायण नगरकमिटी भक्तपुरको १०औं पूर्ण वैठक सम्पन्न भएको हो।
बुधबार नगरकमिटी अध्यक्ष अञ्जना पोखरेलको अध्यक्षता एवं भक्तपुर जिल्ला कमिटी अध्यक्ष श्याम बस्नेतको प्रमुख आतित्थ्यतामा उक्त वैठक सम्पन्न भएको हो।
चाँगुनारायण नगरकमिटीको कार्यलयमा सम्पन्न वैठकमा भक्तपुर जिल्ला कमिटी सदस्यहरू बासुदेब खड्का, मोहन पौडेल, दुर्गाबहादुर केसीलगायतका नेताहरूले मन्तव्य राख्नु भएको थियो।
नगरकमिटी अध्यक्ष पोखरेलकाअनुसार नगरका ९ वटै वडामा आगामी पुस महिनाभित्र वडाको वैठक राखेर सङ्ठन बिस्तार गर्ने निर्णय गरेको छ। साथै तत्काल जनवर्गीय सङ्गठनहरूको भेला गर्ने र प्रत्येक वडामा ३ दिने अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो।
वैठकलाई सम्बोधन गर्दै जिल्ला कमिटी अध्यक्ष बस्नेतले नगरकमिटीका नेताहरूलाई इमान्दार भएर पार्टी निर्माणमा जुट्न निर्देशन दिनु भएको छ।
उहाँले भन्नुभयो, ‘हामी नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हौं। हाम्रो पार्टीले विद्रोह गरेर केही सानो देखिए पनि हामी इमान्दार र असल नेताहरु यस पार्टीमा छौं। सबैको सकारात्मक र प्रभावकारी भूमिका रहनुपर्छ। अनि हाम्रो पार्टी बन्छ। नगरकमिटीले राम्रो काम गरिरहेको छ। अझैं सशक्त भएर लाग्न आग्रह गर्दुछु।’
कार्यक्रमा नगरकमिटी उपाध्यक्ष रामराजा कार्की, सचिव शिवराम दुलाल, सहसचिव आशा सुनुवारलगायत सदस्यहरूले आफ्ना कुराहरू राख्नु भएको थियो।