सुर्खेत। समाजवादी प्रेस संगठन, नेपाल कर्णाली प्रदेशको अध्यक्षमा दिपक बुढा सर्वसम्वत चयन हुनु भएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा १७ सदस्यी प्रदेश कमिटीको सर्वसम्वत रुपमा चयन गरेको प्रचार विभाग प्रमुख वशन्त कुमार विश्वकर्माले जानकारी दिनुभयो।
उपाध्यक्षमा कमल वुढा (डोल्पा), महिला उपाध्यक्षमा राधिकाकुमारी बराल (कालिकोट), सचिवमा शिवलाल डाँगी (सल्यान), कोषाध्यक्षमा कृष्णबहादुर सुनार (दैलेख) र सहसचिव प्रेम वली (जाजरकोट) निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा बशन्त बागचन (मुगु), नन्दराम जैसी (जुम्ला), आनन्दसिंह बोहोरा (डोल्पा), विनोद लम्साल (सुर्खेत), दान खत्री (दैलेख), करिष्मा गिरी (सल्यान), पुष्पराज वली (जाजरकोट), कुसुम रोकाय (हुम्ला) र कमला मल्ल (दैलेख) सर्वसम्मत निर्वाचित हुनु भएको छ।
उपाध्यक्षमा कमल वुढा (डोल्पा), महिला उपाध्यक्षमा राधिकाकुमारी बराल (कालिकोट), सचिवमा शिवलाल डाँगी (सल्यान), कोषाध्यक्षमा कृष्णबहादुर सुनार (दैलेख) र सहसचिव प्रेम वली (जाजरकोट) निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा बशन्त बागचन (मुगु), नन्दराम जैसी (जुम्ला), आनन्दसिंह बोहोरा (डोल्पा), विनोद लम्साल (सुर्खेत), दान खत्री (दैलेख), करिष्मा गिरी (सल्यान), पुष्पराज वली (जाजरकोट), कुसुम रोकाय (हुम्ला) र कमला मल्ल (दैलेख) सर्वसम्मत निर्वाचित हुनु भएको छ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज शिवप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रचार विभाग प्रमुख वशन्त कुमार विश्वकर्मा, समाजवादी प्रेस सङ्ठनका केन्दीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष अस्मिता गिरी, केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज अनन्त बराल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ज्योति कटुवाल र प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारीलगायतको सहभागीता रहेको थियो।
समाजवादी प्रेस सङ्ठनका केन्दीय अध्यक्ष विश्वमणी सुवेदीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । भेलाले नन्दराज जैसी र दुर्गा विसीलाई केन्द्रीय सदस्यमा सिफारीस गर्ने सर्वसम्मत निर्णय गरेको छ । अधिवेशन संगठनका निवर्तमान अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।