धादिङ । एक बालकको जन्मदिनको अवसरमा आर्थिक रुपमा कम्जोर रहेका चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ।
आफ्नो जन्मदिनको अवसरमा अभिषेक घिसिङले विगतमा पनि आर्थिक, सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई विभिन्न सामाग्री वितरण गर्दै आएका थिए।
चिसोको समयमा आर्थिक अभावका कारणले बालबालिकाले ज्यान गुमाएको विद्यालय छोडनु परेको तितो अनुभव सँगालेका घिसिङले हरेक वर्षको आफ्नो जन्मदिनको अवसर पारेर गरिब दिन दुखिका बालबालिकालाई सहयोग गर्दै आइरहेका छन्।
धादिङ जिल्ला रोराङ गाउँपालिका वडा नम्बर २ स्थित घैराङ आधारभुत विद्यालयका ९२ जना आर्थिक अवस्था कम्जोर भएका चेपाङ परिवारका बालबालिका लाई न्यानो कपडा वितरण गरिएको हो।
सामाजिक अभियन्ता एंब युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य ,नेकपा ( एकीकृत समाजवादी ) का नेत्री रेखा तामाङ लोप्चनको विशेष पहल र अहिले अमेरिका बस्दै आएका अभिषेक घिसिङको आर्थिक सहयोगमा न्यानो लुगा बितरण गरिएको रेखा तामाङ लोप्चनले बताउनु भयो ।
रोराङ गाउँ पालिका वडा नम्बर २ मा रहेको घैराङ आधारभुत विद्यालयमा पढिरहेका चेपाङ बालबालिकाको आर्थिक अवस्थाको बारेमा चन्द्रमान थिङ तामाङले जानकारी गराए पछि सहयोग गर्न उत्प्रेरित भएको लोप्चनले बताउनु भयो ।
एस एस सिलाइ केन्द्र काठमाडौं देखि दुर्गम ठाँउघैरान सम्म गाडी व्यवस्थापन गरि बेनि घाट रोराङ गाउपालिका उपप्रमुख टाप बहादुर श्रेष्ठले गरे पछि थप उत्साह बढेको अभियन्ता नेत्री तामाङले बताउनु भयो ।
स्थानीय स्तरमा युवा सघ इन्चार्ज राजु लामा घिसिङ, युवा सघ सचिवालय सदस्य प्रकाश श्रेष्ठ, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य महिला नेत्रि कोपिला काफले,युवा नेता सन्दीप बस्नेत र निरु थिङ लगायतले सहजीकरण गरेर थप काम गर्न हौसला मिलेको बताउनु भयो ।
घैराङ आधारभूत विद्यालयका प्रधानाध्यापक हरि भुजेलले चिसोका समयमा गरिब जेहनदार चेपाङ बालबालिकालाई आफ्नो विद्यालयमा आएर न्यानो लुगा बितरण गर्नु भएकोमा रेखा तामाङ लोप्चन लाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो ।