काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले छठपर्व सबै नेपालीहरुको साझा पर्वका रुपमा विकास भइसकेको दाबी गर्नुभएको छ।
जनसाँस्कृति महासंघ, समाजवादीले आयोजना गरेको देउसी-भैलो २०८० का अवसरमा आयोजिक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले उक्त कुरा बताउनु भएको हो।
कात्तिक २७ र २८ गते आयोजित देउसी भैलो कार्यक्रम पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल निवास डल्लुुबाट सुरु गरिएको संगठनका अध्यक्ष कृपाराम शर्मा धमलाले जानकारी दिुभयो।
कार्यक्रमको दोस्रो दिन कात्र्तिक २८ गते बयोबृद्ध सानुमाया अमालेको सातदोबाटो निवासमा आयोजिकत देउसी भैलो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपाध्यक्ष पाण्डले आफू २०६३ सालमा स्थानीय विकास मन्त्री हुुँदा रानीपोखरीमा मधेशी समुदायलाई पूूजा गर्ने वातावरण मिलाएको स्मरण गर्नु भयो।
उहाँले भन्नुु भयो, 'पहिले पहिले मधेशी समुदायले मात्रै मनाउने पर्वका रुपमा लिइन्थ्यो। अहिले आम नेपालीहरुको साझा पर्वका रुपमा छठ पर्वको महत्व बढ्दैछ। यसका अवसरमा सबैलाई शभकामना व्यक्त गर्दछु। साथै यहाँहरुलाई एउटा कुराको स्मरण गराउन चाहान्छु, म २०६३ सालमा स्थानीय विकास मन्त्री हुँदा मधेशी समुदायले राजधानीको रानी पोखरीमा छठ मनाउन पाउनुपर्यो भन्नुुभयो। पहिलो पटक त्यो आवाज सम्बोधन भएको थियो। छठ पर्वका भक्तालुुहरुले पहिलो पटक पूजा गर्ने अवसर पाउनुभएको थियो।'
उपाध्यक्ष पाण्डेले नेपाल सम्वतलाई सरकारी कामकाजको रुपमा कार्यान्वयन गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै भन्नुुभयो, 'नेपाल सम्वत ११४४ लाई सरकारले सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको छ। यो बहुत राम्रो काम हो। हाम्रो नेपालको सम्वत हो। हाम्रो आफ्नो सम्वत हो।'